चितवनमा टिभिएसको बजार आक्रमक बन्दै, मालाश्रीमा टिभिएस किन्नेको घुईचो

 

चितवन, १५ असोज । चितवनमा टिभिएस मोटरसाईकल तथा स्कुटरको बजार आक्रमक बन्दै गएको छ ।

आर्कषण नयाँ मोडल, ग्राहकमैत्री भएका कारण चितवनमा टिभिएस मोटरसाईकल तथा स्कुटरको बजार आक्रमक भएको बनेको हो । नेपालको लागि जगदम्बा मोट्र्स आधिकारिक विक्रता रहेको टिभिएसको चितवनमा भने मालाश्री मोट्र्सले बिक्रि वितरण गर्दै आएको छ ।

टिभिएसले ग्राहकवर्गहरुको चाहाना अनुसार आफ्नो उत्पादन नयाँ व्राण्डहरु तत्कालै काठमाडौँसगौ चितवनमा लञ्चिङ्ग गर्नु र विभिन्न समयमा अफर मेलाका कारणले पनि यसको चितवनमा लोकप्रियता बढेको छ ।

ग्राहकहरुको चाहाना अनुसार जस्तोसुकै मोडल उपलब्धभएपछिकटभिएसको ग्राहक बढेको छ मालाश्रीका मोट्र्सका सञ्चालक भिमसेन श्रेष्ठले भने ।

आफ्नै अत्याधुनिक सेल्स्, सर्भीस्,स्पेयर पाट्र्स एकै ठाउँमा उपलब्ध र ग्राहकमैत्री सेवाका कारण आफुहरुले सोचे भन्दा धेरै विक्रिवितरण समेत गर्न सकेको उनले बताए ।

टिभिएसको बजारमा मोटरसाईकलको ८ वटा र स्कुटरको ६ वटा मोडल उपलब्ध रहेको छ ।

यसैविच चितवनमा पनि  टिभिएस वडा मेला सुरु गरिएको छ ।  चितवनमा मालाश्री मोट्र्सले गुडे पनि नगुडे पनि सोरुममा ल्याएको गाडीलाई न्युनतम २५ हजार मूल्य तोकि एक्सचेन्ज गरिने, यो सुविधा भने विलबुक भएको र टिभिएसको नयाँ मोटरसाईल खरिद गर्ने ग्राहकको हकमा मात्र लागु गरेको छ ।

‘टिभिएसका मोटरसाइकल एक्सचेन्जकर्तालाई ५ हजार देखि १ लाखसम्मको स्क्याच कुपन दिइने छ’ मालाश्रीका अर्का सञ्चालक सरोज अर्यालले भने ‘लक्की ड्र मार्फत नेपालभरीका खरिदकर्तालाई दैनिक १० जनालाई १० हजार र एकजनालाई एकलाखसम्मको उपहार दिइने छ ।’

‘फाइनान्सको पनि सुबिधा छ’ उनले भने ‘ ४० प्रतिशत रकम पहिले दिनु पर्ने र मासिक ३ हजार ८ सय रकम किस्ता तिर्नु पर्नेछ ।’

‘टिभिएस वडा मेला, नगरौ अव अवेला’ भन्ने मुल नाराका साथ मेघा एक्सचेन्ज अफर ल्याएको टिभिएसका लागि चितवनको आधिकारिक बिक्रेता मालाश्रीका सञ्चालक सरोज अर्यालले बताए । उनले भदौ २२ गतेदेखि छैठपुजा सम्म मोटरसाइकल तथा स्कुटी खरिद गर्दा ७ हजार छुट दिइने बताए ।

चितवनमा एकसय मोटरसाइकल तथा स्कुटी एक्सचेन्ज गर्ने कम्पनीले लक्ष्य लिएको छ । टिभिएसका एकलाख १२ हजार ९ सय देखि ७ लाख ७९ हजार ९ सय रुपैयाँका मोटरसाइल उपलब्ध रहेको बताइएको छ । हालसम्म १०० वटा बाईक एक्सचेन्जमा विक्रि भईसकेका उनले बताए ।