सत्ता र भत्तामा पुग्दा जनमुक्ति सेनाको योगदानको कदर खोई ? भन्छन् : तिनलाई यो शान्तिप्रक्रिया टुंगियो तर हामीलाई टुंगिएन !(भिडियो )

राजेन्द्र आचार्य
चितवन,१५ असोज । मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धको ऐतिहासिक महत्व संरक्षणमा आफ्नै नेताहरु चुकेकोमा पूर्व जनमुक्ती सेनाहरुले आक्रोश पोखेका छन् । देश र जनताका लागि आफ्नो प्राण आहुती दिदैँ आफ्नो छुट्टै ऐतिहासिक पहिचान बनाएको जनमुक्ती सेनालाई आफ्नै सरकार हुदाँ समेत शिर्ष नेताले नै वेवास्ता गरेको आरोप लगाएका छन् । पूर्व जनमुक्ति सेना नेपाल चितवन शाखाको दोश्रो भेलामा बोल्ने तथा सहभागी अधिकाशं पूर्व लडाकु समेत रहेका उनीहरुले सधैँ एउटै व्यक्ति र अवसरवादीहरुको सत्ता र भत्तामोहका कारण धेरै जनमुक्ति सेना जीवनमरणको दोसाँधमा रहेको समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै पूर्व जनमुक्ति सेना नेपालका केन्द्रिय अध्यक्ष विरु तामाङ्गले ईतिहास सत्यको पक्षमा हुने भन्दै आज त्यहि जनयुद्धको जगमा आएको गणतन्त्रणमा जनमुक्ती सेनाको ईतिहास लोप हुनु दुखद् पक्ष भएको बताए । उनले अब तत्कालीन तेश्रो डिभिनलाई युद्ध संग्रालय बनाउन माग पनि गरे । यस्तै पूर्व विग्रेड कमाण्डर दिवक शाहीले जनयुद्धकै जगमा यतिवेला नेकपाको दुई तिहाई सरकार बन्दा समेत जनयुद्धमा होमिएका जनमुक्ति सेनाको उपेक्षा हुनु मुलुक फेरि संकटमा जाने हो की भन्ने संकेत गरेको बताए । कार्यक्रममा बोल्दै पूर्व विगे्रड सह–कमाण्डर ईश्वर सापकोटा (सुमन)ले भने हिजो सर्वहारा वर्गहरुको निम्ति संघर्ष गरेका थियौँ , अहिले आफ्नो पेट, जहान र परिवार पाल्नको निम्ती संघर्ष गरिरहेका छौँ । यो ईतिहासबाट माथि उठाउन पार्टीले विशेष कार्यक्रम ल्याउन जरुरी छ उनको भनाई थियो । “अनि मात्र हामी अगाडी बढ्न सक्छौँ उनले भने, सिँगो देशलाई भरिपूर्ण बनाउन लडेका सन्तती हौँ । अब देश रुपान्तरण गर्न सामाजिक सेवामा लाग्नु पर्नेछ । ”

 

 

यस्तै पूर्व जनमुक्ति सेना नेपाल चितवनका नवनिर्वाचित अध्यक्ष देवीप्रसाद ढकालले जनयुद्धको जगमा आएको पार्टी सधैँ केहि मात्र सत्ता भत्तामा, अरुलाई वेहाल बनाए फेरि देशमा अर्को वर्ग संघर्ष गर्ने चेतावनी दिए । सत्ता र भत्तामा भएकाले एक व्यक्तिहरुको मात्र नभई समग्रको उन्नती प्रगती सोच्नु पर्ने भनाइ रोखका थिए । “हामीले हिजो जे लडेर, भिडेर मरेर प्राप्त गरेका थियौँ, आज तिनलाई नै पाखा पारीदैँछ, एक ढगंले अर्कै अवस्थाबाट आएकोले हालीमुहाली गरेका छन्, उनले आक्रोश पोख्दै भने, हामीेले के पाएका छौँ तपाईहरुले यसरी पाखा लगाउनु पर्ने हो ? उनको प्रश्न थियो । ” “नेपालको शान्ती प्रक्रिया टुंगोमा पुगेको कुरा आईरहेको छ, तर मलाई लाग्छ, जो अझै पनि तपाई हामी छातीमा वम,र गोली हुदैँ अहिले छर्रा बोकी आईरहेका छौँ , जो बाँचुन्जेल औषधी खाई राख्नुपरेको तिनिहरुलाई शान्ती प्रक्रिया आएको छ की छैन । सत्ता र भत्तामा रहेका हाम्रा नेताहरुलाई शान्ती प्रक्रिया टुँगिए पनि जनमुक्ती सेनालाई अझै टुगिएको छैन, सबलेै मनन गरेको कुरा हो ।”

कार्यक्रममा बोल्दै शहिद स्मृति प्रतिष्ठान चितवनकी अध्यक्ष संगीता भट्टराईले फेरि पनि एकता भएर हाम्रा माग र मुद्दाहरुलाई उठाउनु पर्ने वेला आएको बताईन् । निकै दुःख प्रकट गर्दै पिएलएका पूर्व केन्द्रिय महासचिव देवी पराजुलीले भने हामीसगँ जीउदाँ सहिदहरु हुनुहुन्छ, जो लडाईमा मरे भनेर छोडेर आएका कमरेडहरु हुनुहुन्छ । तीनलाई यो शान्तप्रक्रिया टुंगियोकी टुंगिएन तीनलाई गणतन्त्रले के दियो । तिनका बालबच्चाले पढ्न पाएकी पाएन्, तीनका घर सहज ढँगले चलेको छ की छैन । फेरि पनि खोज्ने वेला आएको छ उनको प्रश्न थियो ।
भेलाले देवीप्रसाद ढकालको अध्यक्षतामा ४१ सदस्ययी नयाँ कार्यसमिति निर्माण गरेका छ ।