अब मलेसियाको वैदेशिक रोजगारीमा निःशुल्क

काठमाडौँ, १५ असोज । अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् ।नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो ।

दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ ।दुवै पक्षबीच विभिन्न चरणमा आदान — प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयमा सहमति भएको थियो ।

श्रमिकको छनौट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा सुविधाको विषयमा छलफल केन्द्रित कुमारराज खरेलले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।