एसिड आक्रमणमा परेकी वसन्तीले आँशु झार्दै भनिन् – श्रीमान् पनि रोगी दुई वटा बच्चालाई कल्ले हेर्ने ?(भिडियो)

चितवन, १४ असोज । गत सोमबार एसिड आक्रमणबाट घाईते भएकी वसन्ती परियार जब बोल्न थालिन् सबैको आँखा रसाए । भरतपुर अस्पतालमा उपचाररत वसन्तीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भेट्न गएकी थिईन् ।
रेनु् दाहाल सामु आँशु झार्दै उनले भनिन् “ म नि यस्तो भए, मेरो दुई वटा बच्चालाई कल्ले हेर्ने ,श्रीमानलाई सुगर प्रेसर छ , दोषिलाई कडा कारबाही होस् ।’मेरो दाजुभाई छैन्, मेरो बच्चाहरुको लागि बाँच्न चाहान्छु, सहयोग गरियोस् । ”

प्रमुख दाहालले उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै  बसन्तीलाई चिन्ता नलिन आग्रह गरिन् । आफुहरु सबै साथमा रहेको भन्दै सान्त्वना दिईन् । उनले भनिन् दोषीलाई कारबाही हुन्छ ,’म यौनजन्य हिंसा विरुद्धको साझा अभियानकि सहसंयोजक पनि हो, चितवनको उनिहरुलाइ थाहा छ।’
महानगर प्रमुख दाहालसँग पीडित वसन्तीका परिवारले आर्थिक अवस्था कमजोर भएको हुनाले उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए । परिवारको आग्रहपछि महानगर प्रमुख दाहालले भरतपुर अस्पताललाई वसन्तीको उपचार निःशुल्क रुपमा गरिदिन निर्देशन दिएकी थिईन् ।

बिरामीलाई भेटेपछि प्रमुख दाहालले उच्च मनोबल बनाउन आग्रह गरेकी थिईन् । उनले उपचारमा भइरहेको प्रगततिबारे संलग्न चिकित्सकबाट जानकारी लिईन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल, चितवन प्रहरी प्रमुख सुशिलसिहं राठौर, यौनजन्य हिसाँ विरुद्धको साझा अभियान चितवनकी सहसंयोजक संगीता भटट्राई, सामाजिक अभियान्ता मिना खरेल, निशा न्यौपाने लगायतले पिडित वसन्तीसगँ भेट गरेका थिए ।