ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

शालिग्राम भट्टराई
नवलपुर, १४ असोज । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर १४ जिगौरा भञ्जाङको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटजना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार काम गर्दै गर्दा अनियन्त्रित भइ ट्याक्टर पल्टिएपछि एक जनाको उपचारका क्रममा ज्यान गएको हो । भित्री सडकमा बिजुलीको पोल लोड गर्ने क्रममा लु३त ९९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको थियो । सडक छेउको नालीमा पल्टदा ट्याक्टरमा सवार २६ वर्षीय केशव सिंह दरलामी बिजुलीको पोलमा ठोकिएर घाईते भएका थिए ।
घाईतेको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि चितवन पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।