यौन दुर्व्यवहारको आरोपमा चितवनमा १४ बर्षीय बालक पक्राउ

१४ असोज, चितवन । यौन दुर व्यावहार गरेको आरोपमा प्रहरीले एक जना बालकालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका–११ को पोखरीचोक बस्ने एक १४ वर्षीय बालकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो । उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ ९घरमै गएर ट्युसन पढाइदिने० पढाउने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरिएको बालिकाले बताएकी छिन् । आरोपीका दाजुले ति बालिकालाई ट्युसन पढाउँदै आएका थिए । तर, दाजु नभएकाले भाइ ट्युसन पढाउन गएका थिए । त्यही बेला उनले यौन दुर्व्यवहार गरेको बालिकाको अभिभावकले बताएका छन् ।

बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए । आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् । तर कारवाही भने कानुनी प्रकृया अनुरुप नै हुने डिएसपी ढकालको भनाइ छ ।