सुरदेवीमा सरसफाइ

राप्ती,१४ असोज । पुर्वी चितवनको राप्ती नगरपालिका वाड न २ स्थित सुरदेवी चोकमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सुरदेवी टोल विकास संस्थालको आयोजनामा भएको कार्यक्रममा सुरदेवी चोक वरिपरी सरसफाई गरिएको थियो ।

“सरसफाइ सबैको साझा अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्वस्फूर्त रुपमा यूवाहरु आफ्नो गाउँ सफा गर्न जुटेका थिए । फोहोरको व्यवस्थापन हुन नसकेकाले गाँउनै दुर्गन्धित भएको स्थानियले बताए । फोहोरले गर्दा दुर्गन्ध बढेको र ठाउँनै कुरुप देखिएकोले सो कार्यक्रम आयोजना गरिएको सुरदेवी टोल विकास सँँस्थाका अध्यक्ष सुदिप रुवालिले जानाकारी दिए । कार्यक्रममा प्रमुख अतिथि राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीले पुन प्रयोग गर्न मिल्ने बस्तुलाइ पुन प्रयोग गरी आफ्नो गाउँ फोहोर नगर्न आग्रह गरे ।

राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पिप्ले खानेपानि तथा सरसफाइ उपभोतmा समितिका अध्यक्ष राज कुमार भट्ट , समाज कल्याण बचत सहकारीका अध्यक्ष कृण्ण प्रसाद पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।