माटोको ढिस्कोले पुरिएर दाङमा एकै परिवारका ३ जनाको मृत्यु

दाङ, असोज १३ गते । दाङको राप्ती गाउँपालिका ४ दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन ।