भारतबाट अवैध रूपमा भित्र्याइएको कुखराका चल्ला नष्ट

नवलपरासी,१३ असोज । पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा भित्र्याइएको करीब रु ५० हजार मूल्य बराबरको कुखुराका चल्ला शुक्रबार प्रहरीको टोलीले बरामद गरी नष्ट गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ मा जिल्ला प्रहरी कार्यालयको प्रहरी गस्ती टोलीले बरामद गरेको करीब १०० चल्ला बरामद गरी नष्ट गरेको हो ।

चल्ला चोरीनिकासी गरी भारतबाट नेपाल ल्याउँदै गर्दा कारोबारीले प्रहरीलाई देखेपछि वेवारिसे अवस्थामा छाडी भागेको प्रहरीले जनाएको छ । प्रहरीले कुखुरा बरामद गरे पनि कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरी टोलीले कुखुरा व्यवसायी समिति नवलपरासीका प्रतिनिधिको रोहबरमा कुखुरा प्रहरी कार्यालयको हाताभित्र नष्ट गरिएको प्रहरीले जनाएको छ ।