लायन्स क्लबहरुको रक्तदान सम्पन्न

रत्ननगर १२ असोज । रत्ननगरमा क्रियाशिल लायन्स क्लब अफ रत्ननगर चित्रसेव वावा, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ रत्ननगर मिट नेपाल, लायन्स क्लब अफ कम्युनिटि हल्थ सौराहा र लायन्स क्लब अफ सौराहा वायल्डलाईफको संयुक्त आयोजनामा रत्ननगर ८ वाघमारामा रक्तदान कार्यक्रम गरेका हुन ।

कार्यक्रममा ४ महिला सहित कुल ४३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ रत्ननगर चित्रसेव वावाका अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा नम्वर ८ का वडा अध्यक्ष विनोद वस्नेत हुनुहुन्थ्यो । प्रमुख अतिथि वस्नेतले रक्तदान जस्तो पबित्र कार्यमा लायन्सहरुको उत्साहजनक सहभागिता प्रशशनिय भएको उल्लेख गर्दै समाजसेवाको पर्याय लायन्स बन्न उपस्थित सबै लायन्सकर्मीहरुलाई अनुरोध गनुभयो ।

कार्यक्रममा क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे , रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरि लगाएतको उपस्थिती रहेको कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर चित्रसेव वावाका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।भने कार्यक्रमको मुख्य प्रायोजक चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्त समुह रहेको थियो ।