जितियाले राष्ट्रियता झल्काएको छ : मन्त्री लम्साल

माधव पराजुली
कावासोती, १२ असोज । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाली संस्कृति नै नेपालको पहिचान भएको बताएका छन् ।
नवलपुरको कावासोतीमा थारु महिलाहरुको महान पर्व जितीयाको अवसरमा आयोजित जितीया महोत्सवलाई सम्बोधन गर्दै मन्त्री लम्सालले नेपाली संस्कृति राष्ट्रको कडि बनेको बताए ।
नेपाली संस्कृति नरहे हामी नेपाली पनि रहदैनौँ मन्त्री लम्सालले भने नेपालमा रहेका विभिन्न जात जाति, भाषाभाषी, रहनशहनलेनै नेपालको पन दिलाउन सफल भएको छ।
जातिय भेषभुषा सहितको पहिचानले राष्ट्रियता झल्काएको बताउदै नेपालमा विभिन्न जातीले मनाउने पर्व लाई सांस्कृतिक पर्यटनको रुपमा परिणत गर्न सकिने बताए । नेपाली संस्कृति, भेषभुषा र चालचलन देखेर विदेशी पर्यटक लोभिने गरेको छ मन्त्री लम्सालले भने यस्ता संस्कृतिहरुनै समृद्धिका आधार हुन ।
यहाँ थारु जातिको सङ्ग्रहलय निर्माण गरेर पर्यटकको आकर्षण बढाउने गरि काम थालिने बताए । मन्त्री लम्सालले नारायणी,त्रिवेणी,दाउन्ने,मौलाकालिका, देवघाट, पोखरीताल लागाएतका प्रसिद्ध पर्यटकिय स्थलहरुलाई व्यवस्थित गर्ने बताए ।
मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मुर्तरुप लिएको खण्डमा आदिवासी जनजातिहरु लाभान्वित हुने बताए ।
संविधानमा आदिवासी थारु जातिको हितलाई प्रत्याभूति गरिएको छ मन्त्री लम्सालले भने संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै अहिँलेको महत्वपूर्ण पक्ष हो ।
सबै जातजातिलाई समान हिसाबले अधिकार प्रदान गरिएको उल्लेख गर्दै नेपालमा देखा परेका गरिबी, वेरोजगारी, अल्पविकास, असमानता, परनिर्भरता निवारणका निम्ति विकासका प्रयासहरु केन्द्रित गर्दै सामाजिक न्याय, आर्थिक बृद्धि तथा न्यायोचित वितरणमा आधारित आर्थिक एवं सामाजिक ठोस नीति प्रदेश सरकारले लिईएको उनको भनाइ थियो ।
सोही अवसरमा विपक्षी दलका प्रमुख नेता कृष्ण चन्द्र नेपालीले जितिया पर्वले नागरिकमा व्यवाहारिक ज्ञान सिकाउने र मानव जिवनमा सकरात्मक परिवर्तन ल्याउने बताए ।
छुट्टिएको भुगोलका नागरिकहरुलाई समेत एकताबद्व बनाएर सामाजिक सद्भाव कायम गर्न पर्वले महत्त्वपूर्ण भुमिका खेलेको बताए । यश क्षेत्रको विकासको लागि आफु निरन्तर लाग्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रोशन गाह मगर, धञ्नजय दवाडी, यामकला गौतम लगाएतले बोलेका थिए । यस क्षेत्रमा जितियाको रौनक छाएको छ । यो पर्व १६ गते सम्म मनाईने छ ।