मेलम्चीको काम सम्पन्न गर्ने मिति नसार्न राष्ट्रिय सरोकार समितिकी सभापति रावलको निर्देशन

चितवन, ११ असोज ।मेलम्ची खानेपानीको काम सम्पन्न गर्ने मिति नसार्न राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्देशन दिएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको प्रगति बिवरणबारे बिहीबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको कार्यक्रममा समितिकी सभापति दिलकुमारी रावल (पार्वती)ले आयोजनालाई सहयोग गर्न आफूहरु तयार रहेको भन्दै अब तिथिमिति नसार्न निर्देशन दिइन् । सभापति रावलले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिइन् ।

यसैबीच मेलम्ची आयोजना प्रमुख सूर्यराज कँडेलले बढीमा अबको ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए छन् ।

२००१ देखि निर्माण सुरु गरिएको बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजनाको २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ ९टनेल० निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको प्रमुख कँडेललेउनले बताए ।

मेलम्ची काठमाडौँबासीको लामो समयदेखि चाहना भएकोले बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान पाउँछन् भन्ने प्रश्न सोधेका थिए । दसैँभित्र मेचम्चीको खानेपानी आउने आशमा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ ।