हराएको बालकको भेटियो कंकाल

हुम्ला ११ असोज । ३ महिना पहिला हराएको बालकको कंकाल भेटिएको छ । गत साउन महिना साउने संक्रान्तिको लागि धुम्माधारा खर्कबाट दुध दही ल्याएर घर फर्किदै गर्दा हराएको बालको कंकाल मात्रै भेटिएको हो ।

गत साउन १ गते खर्केबाट घर आउदै गरेका चंखेली गाउँपालिका २ का दार्मा गर्खाका १४ वर्षका शैलेन्द्र शाही हराएका थिए । मृतक शाही दार्मा नजिकै पर्ने तामेखोलाको जंगलबाट हराएको हुन सक्ने मृतकका आफान्त तिलक शाहीले जानकारी दिएका छन ।

मृतक शाही बालज्योती आधारभुत विद्यालय दार्मामा कक्षा ५ मा अध्ययनरत रहेको तिलक शाहीले बताए । हराएका बालकको व्यापक रुपमा खोजी गर्दा समेत नभेटिएको मृतक शाहीका बुवा जनके शाहीले बताए ।

वनबाट घरमा आउँदै गर्दा नजिकैको छेडेदहबाट आउने खोला र ताँमे दहबाट आउने खोलाको दोभनमा रहेको वनमा कंकाल भेटिएको बुवा जनके शाहीले बताए । सदरमुकाम सिमकोट देखि घटना स्थल ६० कोष टाढा रहेको छ ।