कालिका, रत्ननगर र खैरहनी नगर जोगाउन कयर खोला तटबन्ध परियोजना सुरु, १५ करोड बजेट (भिडियो)

राजेन्द्र आचार्य
चितवन, ११ असोज । पूर्वी चितवनको तीन नगर क्षेत्र भित्र पर्ने कयर खोलामा व्यवस्थित तटबन्ध परियोजना निर्माण कार्य सुरु भएको छ ।
विगत लामो समयदेखि कयर खोलामा बर्षातको समयमा आउने खहरे बाढीका कारण आक्रान्त बनेका झण्डै ६० हजार बढी जनताहरुलाई लक्षित गरि कयर खोला तटबन्ध परियोजना सुरु भएको हो ।

 

 

 

रत्ननगर, कालिका र खैरहनी नगरपालिकाको गरि १४ वडाहरुलाई लक्षित गरि पहिलो चरण झण्डै १५ करोड रुपैयाँ लागतमा निर्माण कार्य सुरु गर्न लागेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ(गोपी)ले जानकारी दिए । उनले खोलाको ४० देखि ६० मिटर सतह कायम गर्न दुवै तर्फ व्यवस्थित तटबन्ध परियोजना निर्माण कार्य सुरु गरिएको बताए ।


“जुन धारमा खोला गएको त्यहि धारलाई आधार मानेर हामी दुवै तर्फ ड्याम निर्माण गरि ५ मिटरको हल्लका सवारी चलाउन बाटो समेत बनाउने गरि काम थालिन लागेको छ, उनले भने बजेट आएकाले आजदेखि सबै तीन नगरका प्रमुख, प्रदेश सासंदहरुको सहभागीतामा अवलोकन गर्दै काम थालेको छौँ ।”


नारायणी नदी व्यवस्थापन आयोजना मार्फत कयर खोलाको मुहान शक्ति खोलादेखि सौराहाको राप्तीसम्म २५ किलोमिटर रहेको छ ।
पहिलो चरण विस्तृत डिपिआरसगैँ टेण्डर गरि ३ किलोमिटर ड्याम निर्माण हुने जानकारी दिदै मेयर श्रेष्ठले यसलाई क्रमश आगामी बजेट मार्फत केन्द्र र स्थानिय सरकारले ३ बर्ष भित्र सम्पन्न गर्ने बताए ।
तटबन्धन हुने स्थलको आज निरीक्षणमा सहभागी हुदै प्रदेश सासंद कृष्ण खनालले आफुहरुले चुनावको वेलामा जनतालाई प्रतिवद्धता गरे अनुसारको केन्द्रबाट सबै सासंदहरु मिलेर बजेट पारि विपद् नै रोक्न नसके पनि सुरक्षित छौँ भन्ने अनुभुति गराउने काम निकै उपयोगि हुने बताए ।


शक्तिखोर बजारबाट सुरु हुने तटबन्धनमा कालिकानगरको वडा नम्बर ७, ८, ९, खैरहनी नगरको वडा १, २, ४ र रत्ननगरको ३, ४, ५, ७, ८ र १६ नम्बर वडा पर्दछ ।
यहि खोलाको कारण शक्तिखोर, पिठुवा, चैनपुर, वेल्सी, शान्तिचोक, देवौली, चित्रसारी र सौराहा क्षेत्रका स्थानियहरुले २०३१, ४०, ५०, ७० सालमा आएको ठुलो बाढीका कारण धेरै विस्थापित र धेरै क्षति बेहोरेका थिए ।


खोला निरीक्षणका क्रममा  कालिका नगरका मेयर श्रेष्ठसगैँ प्रदेश सासंदहरु कञ्चन खनाल, घनश्याम दाहाल (अविनाश), जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणि चौधरीसहित नदी व्यवस्थापन आयोजनाका प्रतिनिधि लगायतले बालेका थिए ।