नयाँ ट्राफिक नियमः जुत्ता नलगाए लाईसेन्स खारेज

काठमाडौँ, ११ असोज । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् ।यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने ।

दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ ।यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।दसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो ।

चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ । आजको कान्तिपुरमा खबर छ ।