खेलमय बन्दै राप्ती नगर, नकआउट फुटबल प्रतियोगिता सुरु

अनुज न्यौपाने
चितवन, १० असोज । पूर्वी चितवनको राप्ती नगरपालिकामा स्थित लोथरमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्व.मेघनाथ उप्रेतिको सम्झनामा युवा जागृती क्लबले मगलबार देखि जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

विजयी दशमीको अवसर पारेर युवा जागृती क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको एक भव्य समारोहका विच राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले उद्धघाटन गरेकी थिईन् ।
सो अवसरमा बोल्दै मेयर बरालले स्व.मेघनाथ उप्रेतिको योगदानलाइ कसैले भुल्न नहुने बताईन् ।


उनले नगर भित्रबाट सक्षम र क्षमतावान खेलाडिको समेत पहिचान गरि देश तथा विदेशमा खेल्न पठाउने गरी छलफल भइरहेको जानकारी गराईन् । युवा जागृती क्लबका सल्लाहाकार राम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य,समाजसेवि व्यतिmत्व लगाएतको उपस्थिति रहेको थियो ।

त्यस्तै विजयी दशमीको अवसरमा बज्रयोगीनी गुठी माइको आयोजनामा आजै ब्रहमनगरमा वडा स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
“खेल स्वास्थका लागी, खेलाडी राष्टका लागी” भन्ने मूल नाराका साथ प्रतियोगीता सुरु भएको होे । सो गुठी माइका अध्यक्ष निल नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नगर प्रमुख प्रभा

बराल, उपप्रमुख इमान सिह लामा, राप्ती ८ का वडा अध्यक्ष बुद्धी थपलिया, ७ की वडा अध्यक्ष सुमीता डल्लाकोटी, समाजसेवी घनश्याम कडेल लगाएतको उपस्थिति रहेको थियो ।
राप्ती गोल्डकप : पहिलो खेलमा युवा स्पोर्टस बीरगंज र अभिषेक चर्च रजहर भिड्ने
पुर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारामा असोज १७ गतेदेखी सुरु हुन लागेको प्रथम राप्ती गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ ।
हर्दी युवा समाजको आयोजनामा हुन लागेको सो खेलको खेलतालिका सार्वजनिक भएको हो ।
खेलतालिका अनुसार समुह ए मा अभिषेक चर्च,युवा स्पोर्टस,लालवन्दी ११,भरतपुर फुटवल क्लव, पोखरा युनाईटेड, रामपुर फुटवल क्लव र विजय युथ हेटौडा छन् भने समुह बी मा बीरगंज युथ एकेडेमी, एभरेष्ट फुटवल क्लव भरतपुर, निजगढ फुटवल क्लव,आयोजक हर्दी युवा समाज, रुपन्देही ११, चौधरी ११ र शशस्त्र प्रहरी वल (एपिएफ ) रहेका छन् ।
गोल्डकफको उद्घघाटन खेलमा युवा स्पोर्टस वीरगंज र अभिषेक चर्च रजहर भिड्ने सो कार्यक्रमको सयोजनक विकास मुतmानले जानकारी दिए ।
विजय युथ क्लव हेटौडा र एपिएफले बाई पाई अरु भन्दा एक खेल कम खेल्नेछन् । यो गोल्डकप पूर्वी चितवनकै हाल सम्मको सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हो ।
गोल्डकपको विजेताले नगद २ लाख,२ हजार २२२ रुपैया र उपविजेताले नगद १ लाख १ हजार १११ रुपैया प्राप्त गर्ने प्रतियोगिताका संयोजक विकास मोक्तानले वताए ।