सांसदहरुको प्रश्न ठेक्काजति पप्पुलाई नै किन ?

काठमाडौँ,९ असोज । सांसदहरुले सबै ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनुका कारण खोजेका छन् । सभापति चुनिएपछि पहिलोपटक व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै सांसदहरुले सबै ठेक्का पप्पु कन्स्ट्रक्सनले नै किन पाउनु पर्नेरु भन्दै प्रश्न उठाएका हुन् । प्रश्नसँगै गरेसँगै उनीहरुले यसको कारण पत्ता लगाउन समेत माग गरेका छन् ।बैठकको सुरुवातमै सांसद रामकुमारी झाँक्रीले पप्पुलाई नै किन यति धेरै टेण्डर पर्छन्रु कि पारिन्छ रु भन्दै प्रश्न उठाएकि थिइन् ।

‘यो कन्स्ट्रक्सनले ठेक्का लिएर समयमै पुल निर्माण नसकेका थुप्रै उदाहरण छन्,’ उनले भनिन्,‘ यति थाहा पाउँदापाउँदै फेरि राष्ट्र बैंकको भवन बनाउने टेण्डर उसैले फेरी कसरी पार्‍योरु।’ त्यस्तै अर्का सांसद श्यामकुमार श्रेष्ठले सार्वजनिक खरिद ऐन अनुसार सस्तोमा ठेक्का दिने नाममा एउटै व्यक्तिले बारम्बार ठेक्का पाइरहनु गलत भएको भन्दै कानुन संशोधन गर्नु पर्ने माग राखेका छन्।

त्यस्तै सांसद कुमारी तुल्सी थापाले पप्पु कन्स्ट्रक्सनले नै बारम्बार ठेक्का पाउनु कारण केहो र राष्ट्र बैंकको ठेक्का कसरी पप्पुले पायो भन्दै यसबारे छलफल गर्नु पर्ने माग गरिन्।