पूर्वी नवलपरासीमा महिला माथी एसिड प्रहार

हरिश्चन्द्र पोख्रेल

पुर्बी नवलपरासी, ९ असोज पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासी डण्डामा आफूसँग विवाह गर्न नमानेको भन्दै एक जना महिला माथि एसिड र छुरा प्रहार भएको छ । कावासोती १६ हर्बासी नीवासी ३६ बर्षीय विमल श्रीपालीले हरबासीका ३० बर्षीय वसन्ती परियारलाई एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहर पछि वसन्ती परियारलाइ अस्पतालमा उपचार का लागि भर्ना गरेयको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार श्रीपालीले परियारलाई एसिड प्रहार गरी ३ पटकसम्म छुरा प्रहार गरेका थिए । परियार गम्भीर घाइते भएकी छिन् । उनीको भरतपुरमा उपचार भईरहेको छ । एसिड प्रहार गर्ने विमल श्रीपालीलाई राति नै पक्राउ गरिएको र आबस्यक अनुसन्धान गरि कारबाही प्रक्रिया बडाएको जिल्ला प्रहरीकार्यालयले जनाएको छ ।

श्रीपालीले सोमबार आफू राति घर फर्कदै गर्दा बाटोमा वसन्ती परियारलाई एडिस प्रहार गरी छुरा प्रहार गरेका थिए ।