रत्ननगरका विभिन्न पाँच स्थान फ्रि वाईफाई जोन

चितवन, ०९ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानलाई फ्रि वाईफाई जोन बनाउन सुरु गरेको छ ।
नगरपालिकाले पहिलो चरणमा पर्यटकीय क्षेत्र सौराहा, रत्ननगर बसपार्क, पिठूवाको पारिजात चोक, टाँडी चोक र श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम)मा निशुल्क रुपमा वाईफाई प्रदान गरेको हो । फ्रि वाईफाई जोनको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सूचना र प्रविधिले मानिसको जीवनलाई छिटो र छरिता पार्न मद्दत गर्ने बताए ।
रत्ननगर नगरपालिकालाई कागजबिहीन कार्यालय बनाउनका लागि विभिन्न पहलहरु गर्ने क्रममा फ्रि वाईफाई जोन निर्माण गर्दै लगिने नगर प्रमुख नारायण वनले वनले बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले स्वागत मन्तव्य तथा वडा नम्बर ११ का अध्यक्ष शशीभक्त न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।