जहाँ हुन्छ खुर्सानी खाने अनौठो प्रतियोगिता !

 

एजेन्सी : चीन विकास र समृद्धिमा मात्रै अगाडि छैन, कला–संस्कृति र नयाँ–नयाँ कुराका लागि पनि उत्तिकै चर्चित छ । त्यही चीनमा खुर्सानी खाने प्रतियोगिता हुन्छ भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, यो सत्य हो । खबरअनुसार चीनको हुनान प्रान्तमा यस्तो रोचक प्रतियोगिता गत वर्षदेखि सुरु भएको छ ।

हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना हुन्छ । प्रतियोगिता यस वर्षको पहिलो सोमबारट थालिएको हो ।

भोक लागेका बेला खानेकुरा खाएजसरी खुर्सानी खाएपछि के पाइन्छ त ? यो पनि भनिहालौं । खबरअनुसार खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पुरस्कारमा पाउँछ, यो ३ सय सग ग्रामको हुन्छ ।

यस प्रतियोगिताको पहिलो संस्करणमा १० जनाले भाग लिएका थिए । यो प्रतियोगिताको नियम भनेको जसले सबैभन्दा छिाटो ५० वटा खुर्सानी खान्छ, उही विजेता हुन्छ ।

यसको पहिलो संस्करणमा तांग सुइहुई नामका एक युवकले ६८ सेकेन्डमा ५० वटा खुर्सानी खाएर पहिलोपटक पुरस्कार जितेका थिए ।

यस्तो प्रतियोगितामा खुर्सानी पोखरी या कुनै ठूलो भाँडोमा राखेर गरिन्छ । यो पनि भनौं कि, उक्त प्रतियोगितामा खान दिइने खुर्सानी सामानय खालको भने होइन । यो त्यस्तो खुर्सानी हो, जुन संसारकै सबैभन्दा पिरो खुर्सानीमा पर्छ ।