यस्तो छ आज मंगलबार तपाईंको राशिफल

 

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर व्यवहारको समस्याले सताउनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । प्रेमीरप्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अनावश्यक यात्रा हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ होला ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।