बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै इच्छाकामनाका महिलाहरु उत्रिए सडकमा (फोटो फिचर)

मुग्लिन, ८ असोज । सरकारले बलात्कारी र हत्यारालाई कारवाहीको गर्नुको सट्टा संरक्षण गरेको भन्दै  इच्छाकामनाका महिलाहरु सडकमा उत्रिएका छन् । चितवनको इच्छाकामना गाँउपालिका वडा न ५ मुग्लिनमा आज बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै महिलाहरु सडकमा उत्रिएका हुन् ।


सिर्जनशील महिला जागरण केन्द्र इच्छाकामना–५ मुग्लिनको नेतृत्वमा बलात्कारी र हत्यारालाई कारबाही गर भन्दै सरकारलाई दबाब स्वरुप इच्छाकामनाका महिलाहरुले मुग्लिनमा आज सोमबार साँझपख ¥याली निकालेको हो ।

एक महिना अघि कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्थको हत्यारालाई पत्ता लगाई कारबाही गरी न्याय दिनुपर्नेमा सरकार अपराधीकै संरक्षणमा लागेकोले निर्मलाको न्यायका लागि केन्द्रले ¥यालीको आयोजना गरिएको केन्द्रका अध्यक्ष सावित्री पुडासैनीले बताउनुभयो ।

दिउँसो ४ बजेतिर मुग्लिनको पेट्रोल पम्प चोकबाट सुरु गरिएको ¥यालीले मुग्लिन बजार परिक्रममा गरिएको थियो । ¥यालीमा महिलाहरुले हत्यारालाई कारर्वाही गर, चेलीको इज्जत लुट्न पाईदैन, प्रमाण नष्ट गर्न पाईदैन, बलात्कारीलाई फाँसी दे, नालायक प्रशासन मुर्दावाद जस्ता नारा लगाएका थिए ।