कालिगण्डकी जलबिद्युत्त आयोजना मर्मत संभारको लागि बन्द

सुशील सुबेदी
वालिङ, ८  असोज । नेपालकै ठुलो जलबिद्युत आयोजना कालिगण्डकी “ए” जल विद्युत केन्द«मा बिद्युतको उत्पादन मर्मत संभारको लागि बिहीबार सम्म बन्द भएको छ । ईनलेट भल्भको मर्मत तथा परिबर्तन गर्नपर्ने भएकाले यस आयोजनाबाट उत्पादन भैरहेको बिद्युत आपूर्ती समेत बन्द भएको हो ।
डयामबाट टनेलमा जम्मा भएको बालुवा , ढुङ्गा गिटी लगाएतको फोहोर सफा र ईनलेट भल्भको मर्मत गर्न बिहीबार सम्म प्रशारण लाईन समेत बन्द गरिएको आयोजनाका प्रमुख राजेश पाण्डेले जानकारी दिए ।
आगामी बिहीबारसम्म पहिलो चरणको मर्मत सक्ने पाण्डेले बताए । पहिलो चरणको मर्मत पछी २५ दिन सम्म २ वटा टर्बाईन मात्र चलाउने र २ नं टर्बाइन बन्द रहने पाण्डेको भनाई छ । असोज ११ देखी कार्तिक ५ सम्म २ वटा १ र ३ युनिटको टर्बान चल्ने र कार्तिकको ६ देखी १२ सम्म सबै बन्द रहनेछ । यहाँ भएका ३ टर्बाइनको प्रती टर्बाइन ४८ मेगाबाट उत्पादन क्षमता रहेको छ । पानीको आबाश्यका बहाबको आपूर्ती रहँदा र २ टर्बान चल्न सक्दा ९६ मेगाबाट सम्म बिद्युत्त उत्पादन हुने गर्दछ ।