अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीका लागि सेमीनार

चितवन, ८ असोज । वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउँदै आएको डाफे कन्सल्टिङले सोमबार भरतपुरमा निशुल्क सेमिनार गरेको छ ।
अष्ट्रेलियाका अजफोर्ड कलेज, ओसेनीया कलेज, भाइब कलेज, क्वीन्सफर्ड कलेज, किङ्गस्फर्ड कलेज र वेस्टर्न सिनियर सेकेण्डरी कलेजका प्रतिनिधिहरुलाई भरतपुरमा ल्याएर डाफेले सेमिनार गरेको हो । सेमीनारमा सहभागी भएका विद्यार्थीहरुलाई अष्ट्रेलियाका ६ वटा कलेजका प्रतिनिधिहरुले त्यहाँको बारेमा जानकारी गराएका थिए । अष्ट्रेलियाका रजिष्टार माइग्रेसन एजेन्टहरुले त्यहाँको पीआर र टीआरको बारेमा जानकारी गराएका डाफेको अष्ट्रेलीया कार्यालयका निर्देशक सन्तोष कर्णले जानकारी दिए ।
डाफे कन्सल्टिङको नेपालमा दुई वटा र अष्ट्रेलीयामा दुई वटा कार्यालय रहेका छन् । चितवन कार्यालयका निर्देशक कृष्णकुमार शर्माका अनुसार सोमबारको सेमीनार कक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनका लागि अष्ट्रेलीया मात्रै पठाउँदै आएको उल्लेख गर्दै कर्णले विद्यार्थीहरुले सही परामर्श लिँदै प्राविधिक सीप सिप सिकेर गएमा अष्ट्रेलियामा दुख नपाइने बताए ।
राम्रो अध्ययन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रमाणपत्र मान्य हुने भएकाले अष्ट्रेलियामा विद्यार्थीहरुको चाप बढ्दै गएको उल्लेख गर्दै कर्णले विशेष गरि नर्सिङ, एकाउन्टिङ, प्राविधिक शिक्षा र सूचना र प्रविधि पढ्नका लागि विद्यार्थीहरु अष्ट्रेलिया जाने गरेका कर्णले बताए । सन् २०१४ मा स्थापना भएको डाफेले हालसम्म चार सय भन्दा बढी विद्यार्थीहरुलाई अध्ययनका लागि अष्ट्रेलिया पठाइसकेको छ ।