प्रेस युनियन नवलपुरमा पराजुली निर्विरोध

नवलपरासी, ८ असोज । नेपाल प्रेस युनियन नवलपुर शाखा (पूर्वी नवलपरासी) को अध्यक्षमा वीरेन्द्र पराजुली चयन भएका छन् ।
।१०औँ अधिवेशनबाट विरेन्द्र पराजुलीको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

जसको खुल्ला उपाध्यक्षमा श्रीधर उपाध्याय, समावेशी उपाध्यक्षमा कमला राना, प्रथम सचिवमा खगराज सापकोटा (सङ्गठन), द्वितीय सचिवमा चोलाकान्त रेग्मी र आशिष (प्रवक्ता)मा चयनभएका छन् ।

यसैगरी कोषाध्यक्षमा कल्पना कुँवर र सहसचिवमा मीना कँडेल चयन भएको मुख्य निर्वाचन अधिकृत चेतनारायण भुसालले जानकारी दिनुभयो । सदस्यमा तिलक सुवेदी, विवेक भण्डारी, सुजन अधिकारी, प्रकाश भण्डारी, चन्दा गुरुङ, राज चापागार्इं, गीता गैरे, अजय पौडेल, दीपा पँगेनी, सुदीप चापागाईं, टोपबहादुर राना र कृष्णप्रसाद रेग्मी चयन चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा नवीन पौडेल, सदानन्द जैसी, घनश्याम बगाले, भूमिराज चापागार्इं, ईश्वरीप्रसाद चापागार्इं, नारायण शर्मा, श्रीराम सिग्देल, होमराज रानाभाट, गङ्गाबहादुर पाण्डे, चेतन पौडेल, जगन्नाथ उपाध्याय, रुपा गिरी, सिर्जना न्युरे, राजेन्द्र पौडेल, शान्ति तिवारी, निकेश काफ्ले, कृष्णकुमारी ढकाल, उर्मिला ढकाल, ऋषिकेश बस्ताकोटी, वसन्त पोख्रेल, प्रकाश शर्मा बस्याल, प्रेमप्रसाद न्यौपाने र विष्णुप्रसाद गौडेल छानिनु भएको छ ।