नवनियुक्त भरतपुर अस्पतालका मेसु पौडेलद्वारा पदभार ग्रहण, अस्पतालको बेतिथि अन्त्य गर्ने उद्घोष

चितवन, ७ असोज । भरतपुर अस्पतालको नवनियुक्त मेडिकल सुपरिटेन्डेट (प्रमुख) वरिष्ठ हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ प्रा।डा।कृष्ण पौडेलले आज पदभार ग्रहण गरेका छन् आज पूर्व मेसु रुद्र मरासिनी, निर्वतामान मेसु रविन खड्का र विजय पौडलले उनलाई स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै मेसु पौडलले भरतपुर अस्पताल भित्र रहेको व्यातितिथि हटाई नमुना अस्पताल बनाउने उद्यघोष गर्नुभयो ।
यसैबी निवर्तमान मेसु रविन खड्काले स्वागत गर्दै भरतपुर अस्पताललाई नमूना बनाउन कुनै कसरी बाँकी नराख्न र आफ्नो कार्यकालमा सरुवात गरेका उत्कृष्ट कामहरुलाई निरन्तरता दिन सुझाव दिए ।

डा।पौडेललाई उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयको बैठकबाट मेडिकल सुपरिटेन्डेटमा नियुक्त गर्नुभएको हो ।

चितवन रत्ननगर बकुलहर निवासी डा।पौडेल २०५६ सालमा नेपाल सरकारको छात्रवृत्तिमा एम।बि।बि।एस उत्तिर्णगर्नुभएको थियो । उहाँ २०५८ देखि २०६० साल सम्म पर्वत जिल्ला अस्पतालको प्रमुख र २०६३ सालमा उहाँ वीर अस्पतालबाट हाड जोर्नी विशेषज्ञको रुपमा स्थापित हुनुभएको थियो ।डा।पौडेल २०६६ सालमा सिंगापुर, जापान र भारतबाट मेरुदण्ड सम्बन्धी फेलोसीपमा उत्कृष्ट स्थान हासील गर्नुभएको थियो ।सँगै भरतपुर अस्पतालमा हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञको रुपमा कार्यभार समाल्नु भएका डा।पौडेलले नै भरतपुर अस्पतालमा रोटरी क्ल्बको सहयोगमा स्पाईजर ९इन्जुरी० केन्द्र समेत स्थापना गर्नुभएको थियो ।त्यस लगत्तै उहाँले पूर्वी चितवनको रत्ननगर अस्पतालमा मेडिकल सुरपरिटेन्डेटको रुपमा उत्कृष्ण कार्य सम्पादन गरेकोमा विभिन्न संघ९संस्थाबाट सम्मानित हुनु भएको थियो । यस अघि उहाँ चिकित्सक संघ चितवनको अध्यक्ष समेत हुनुभएको थियो ।साहित्यमा समेत रुचि राख्ने डा पौडेलले साहित्यको विभिन्न क्षेत्रमा समेत कलम चलाउनुभएको छ ।उहाँले भरतपुरमा डा।पौडेल नियुक्ति भएसँग सँगै यसअघि काज सरुवा भई भरतपुर आएका मेसु डा।रविन खड्का पुनःसुर्खेत मध्यपश्चिमाञ्चल अस्पलालमै सुरुवा हुनुभएको छ ।