आँगनमा बिजुलीको पोल ,घर भित्र टुकी

दयाराम आचार्य

नवलपरासी, ७ असोज । बाटो छेउमा गाडिएका पोलहरु भाँचिएका छन् । बिजुलीको तारहरु चुडिएका छन् । नवलपरासीको देवचुली नगरपालिका ६ मा पर्ने कुम्सोत जादा यस्ता दृश्य बाटो भरीनै सहजै देखिन्छ । नगरपालिकाको मुण्डेबाट उकालो लागेदेखी प्रसस्त भा“चिएका पोलहरु बाटो छेउछाउमा लडेको भेटिन्छ । तारहरु पि¨का डोरी जस्तै झुण्डीएका दृश्य पनि उस्तै ।

देवचुली नगरपालिका ६ कुम्सोत र किर्तिपुरमा बिजुली बिस्तारका लागि लगिएको यो बिजुलीको तार पोलको अवस्था बिगत ४ बर्ष देखीको हो । राजमार्ग देखी करिब १० किलोमिटरको दुरीमा रहेको कुम्सोत र ७ किलोमिटरको हाराहारीमा रहेको किर्तिपुरमा अझै विद्युत बिस्तार हुन सकेको छैन ।

नगरपालिकाको वडाको रुपमा रहेको राजमार्ग देखी नजिकको दुरीमा रहेका यी गाउ“का बासिन्दा बर्षौ देखी घर नजिकै गाडिएका बिजुलीका पोल र टा“गिएका तार हेर्दै बस्न बाध्य छन् ।

झण्डै ४ बर्ष अघि यी क्षेत्रमा विद्युत बिस्तारको लागि पहल शुरु भएको थियो । तर अझै सम्म पनि विद्युत भने पुग्न सकेको छैन। यी स्थान देखी ५ किलोमिटर वर रहेको मुण्डेमा यस अघिनै विद्युत विस्तार भएको छ । झण्डै ४÷५ किलोमिटरको दुरीमा विद्युत विस्तारका लागि ४÷५ वर्षनै लाग्नु दुखदायी भएको स्थानियको गुनासो छ । त्यो पनि नगरपालिका भित्रकै वडा ।

बर्षेनी पहिरोले भाचिएको भन्दै विद्युत प्राधिकरणले पोलहरु नया“ गाडने क्रम भने चलिरहेको हुन्छ । पटक पटक भाचिएका पोल फेर्ने बाहेक यहा“ उपलब्धी मुलक काम हुन सकेको छैन ।

‘खै प्रत्यक बर्ष अहिले त बिजुली बल्छ भन्छन, यस्तै भनेको कति वर्ष भयो ’ कुम्सोतका धन बहादुर मगरले भन्नुभयो– आग“नमा गाडेको बिजुलीको पोल हेर्दै टुकी बालेर बसेका छौ ।

यता विद्युत प्राधिकरण कावासोतीका प्रमुख राजिव कुमार शर्माले बजेट अभावका कारण विद्युत जडान गर्न नसकीएको बताउनु भएको छ । थोरै थोरै बजेट प्रत्यक वर्ष विनियोजन हुदा समस्या हुने गरेको बताउनु भएको छ ।

उहा“का अनुसार यस आर्थिक बर्षमा आवश्यक बजेट बिनियोजन भएमा विद्युत वाल्न सक्ने बताउनु भयो । यस आर्थिक बर्षमा किर्तिपुर,कुम्सोत, बाह्रकोल ,गैडाकोटको हर्दी लगाएतका स्थानमा विद्युत वाल्ने योजना रहेको बताउनु भएको छ । तर केन्द्रबाटनै थोरै थोरै बजेट धेरै ठाउ“का लागि विनियोज गर्दा काम सम्पन्न गर्न समस्या हुनेगरेको उहा“ले बताउनुभयो ।

अघिल्लो बर्ष भदौमा उज्यालो संग कुराकानी गर्दै विद्युत कार्यालय कावासोतीका इन्जिनिएर रमेश अवस्तिले समेत आर्थिक बर्ष २०७४÷०७५ भित्र लाइन छाडन सकिने सम्भावना रहको बताउनु भएको थियो । तर उहा“ले भने जस्तै सम्भावन टर्यो । कुम्सोत र किर्तिपुर क्षेत्रमा विद्युत पुग्न सकेन ।