पार्टी नेतृत्वमा राम्रो समझदारी छ, दशैँ अघि नै सबै एकता प्रकृया टुंगिन्छ : अध्यक्ष प्रचण्ड

हिरालाल गुरुङ

गोरखा,७ असोज । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पार्टी नेतृत्वमा राम्रो समझदारी भएको बताएका छन् । गण्डकी गाउपालिका स्थित बुट्टारमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने“ आखिरमा हामीलाई अहिले दुई तिहाई मत ,कम्युनिष्ट पार्टीको एकता अरु कसैले माया दयाँ गरेर दिएको होईन, हामी आफैले जनतासंग मिलेर जनताको त्याग तपस्याको बलमा जनताकोे मनजितेर अरुबाट खोसेर लिएको हो , यसलाई बचाउन ,सरकारको कामलाई प्रभावकारी बनाउने हामी आफैले हो,  अरुले सकेसम्म विथोल्न खोज्छन् फुटाउन खोज्छन् विगार्न खोज्छन् त्यसो नहुनु खोज्नु हामी आफै हो ,म यती भन्न सक्छुकी पार्टी नेतृत्वमा बलियो समझदारी छ ।” अध्यक्ष प्रचण्डले अरु कसैकोे होहल्ला पछि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।


अध्यक्ष प्रचण्डले पार्टी एकता अघि बढाउने क्रममा भर्खरै मात्र प्रदेश कमिटीको पदाधिकारी चयन गरिएको बताए । उनले प्रधानमन्त्री ओली र आफुले ३ घण्टा बैठक बसेर प्रदेश कमिटीको पदाधिकारी सजिलै टुंग्याएको बताउदैँ दशै अगाबै सबै तहमा पार्टी एकता सकिने दाबी गरे । उनले भने “अव जिल्ला कमिटी निर्माण हुनेछ , तल्लो कमिटी निर्माणका लागि  प्रदेश सरकारलाई जिम्मा दिइसक्यो, अब दशैँ अगाडी नै पार्टी एकताले पूर्णता पाउँछ, त्यसपछि दशैँ तिहारको बीचमा प्रधानमन्त्री ओली जी र मैले सबै प्रदेशका पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने छ ।

तस्बिर :  सन्तोष विश्वकर्मा