तामाङ घेदुङको रत्ननगर र कालिका नगर समिति गठन

राजेश रुम्बा तामाङ
चितवन ६ असोज । नेपाल तामाङ घेदुङको ताम्सालिङ जागरण अभियान अन्तर्गत रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा नगर समिति गठन गरिएको छ ।
शनिबार सम्पन्न छुट्टाछुट्टै भेलाले दुवै नगरपालिकामा १७÷१७ सदस्ययी नगर समिति गठन गरेको हो ।
रत्ननगरमा सम्पन्न प्रथम नगर अधिवेशनले कृष्ण लामाको अध्यक्षतामा १७ सदस्ययी नगर कमिटी गठन गरेको छ । समितिमा कविता लामा, फुलमान तामाङ, हिरेन्द्र तामाङ, चरिमाया तामाङ, राममाया लामा, सोम बहादुर तामाङ, सुन बहादुर लामा, फुल माया लामा, बिनोद घिसिङ, आशिक लामा, सन्तोष लामा, शेर बहादुर लामा, सरस्वति लामा, मन्दलाल लोप्चन, उमेश बहादुर ब्लोन र सन्चलाल तामाङ छन् ।
समितिको अगामी बैठकले पदाधिकारीहरुको पद विभाजन गर्ने निर्णय गरिएको अध्यक्ष कृष्ण लामाले जानकारी दिए ।

उता कालिका नगरपालिकामा धनलाल तामाङको अध्यक्षतामा १७ सदस्ययी नगर समिति गठन गरिएको छ ।
समितिको दुई उपाध्यक्षमा फुलमान तामाङ र पबित्र थोकर, सचिवमा तोम बहादुर तामाङ, कोषाध्यक्षमा तिला देवी तामाङ, सहसचिवमा धन बहादुर तामाङ, सदस्यहरुमा मन्तोष तामाङ, रमेश तामाङ, कल्पना तामाङ, सन्चलाल तामाङ, हरिबंश तामाङ, सुरेन्द्र तामाङ, प्रकाश तितुङ, निर बहादुर तामाङ, शुभलाल पाख्रिन, कमल रुम्बा र बिष्णु बहादुर तामाङ रहेका छन ।
नवनिर्वाचित समितिलाई घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित अध्यक्षद्धयले नगरमा तामाङ जागरणका लागि सबैलाई साथ लिएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा घेदुङका वृद्धिजीवी विभाग प्रमुख तथा राप्ती नगरपालिकाका उप प्रमुख इमान सिहं लामाले घेदुङ तामाङ भाषा, शिक्षा र संस्कृतिबारेको अध्ययनका लागि एक बिश्व बिद्यालय नै रहेको बताउनुभयो ।

उहाँले शिक्षाले नै समाजिक, राजनितिक तथा सांस्कृतिक सफलता प्राप्त गर्न सकिने बताउदै तामाङ समुदाय शिक्षााबाट बञ्चित हुन नहुनेमा जोड दिनुभयो ।
भाषा साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले राज्यको शिक्षा प्रणाली तामाङ मैत्री हुन नसकेको औल्याउनुभयो ।
उहाँले शिक्षासम्बन्धि निति निर्माण गर्ने अधिकार स्थानिय सरकारलाई भएको बताउदै अब तामाङ समुदायले मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउन जनप्रतिनिधिहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले घेदुङको मुल्य, मान्यता, तामाङ समुदायको बर्तमान अवस्था बारे प्रशिक्षाणात्मक टिप्पणीसमेत गर्नुभयो ।
कार्यक्रममा घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बा, जिल्ला अध्यक्ष गोपिराज घलान, उपाध्यक्ष निलिमा तामाङ, तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङ, रत्ननगर नगरपालिकाका वडा अध्यक्षहरु बिर बहादुर पाख्रिन, शंकर लामा, प्र राप्ती नगरपालिकाका कार्यपालिका सदस्य दिल कुमारी थिङलगायत तामाङ अगुवाहरुले मन्तब्य राखेका थिए ।