टपरीले फेरिएको जीवन, घाटा हुदा दश कठ्ठा जमिन बेचे, अहिले सयौंलाई रोजगार दिदैछु : संजय

 

दयाराम आचार्य

नवलपरासी, ४ असोज । जित कुमारी विकको ७ जनाको परिवार छ । उहा“ आफु औपचारीक रुपमा कुनै शिक्षा लिनुभएको छैन । सामान्य आफ्नो नाम सम्म लेख्न सक्ने विकलाई कामको लागि भने कुनै समस्या छैन । बिहान ६ बजे देखी सा“झ सम्म उहा“ सालको पातको दुना टपरी बनाउन व्यस्त रहनुहुन्छ । यही कामबाट उहा“ले आफ्नो घर खर्च चलाउनु भएको छ । यती मात्रै होइन उद्योगमा काम गरेर उहा“ले आफ्नो घर समेत बनाउनु भएको छ ।

जित कुमारी वि.क मिसिनमा सालका खुटेका पात राख्नुहुन्छ अनि आकर्षक दुना टपरी तयार हुन्छ । उहा“ १८ बर्ष देखी कावासोती डण्डामा रहेको ईन्द्र देव दुना टपरी उद्योगमा काम गर्दै आउनु भएको छ । ‘मैले काम गर्दा छोराहरु ४ बर्षका थिए ,उनिहरुलाई पढाए ,हुर्काए ,विवाहा गराए’ विकले भन्नुभयो– आफु बस्ने घर समेत यही काम गरेर बनाए ,आफ्नो काम देखी सन्तुस्ट छु । दैनि ५ सय सम्म आम्दानी हुने गरेको उहा“ले बताउनु भयो ।

उहा“ जस्तै किल्मु महतो पनि उद्योगमा टपरी बनाउने काम गर्नु हुन्छ । आफुले भर्खर केही समय अघि बाट काम शुरु गरेको उहा“ले बताउु भयो । ‘बिहान बेलुका आफ्नो घरको काम गर्यो ,फुर्सदको समय यसै बस्नु भन्दा भनेर यहा“ काम गर्दैछु’ महतोले भन्नुभयो– घर खर्चका लागि अरुको मुख ताक्नु पर्दैन ।

विबाह भोज लगाएतका कार्यहरुमा दुना टपरीको माग बढे संगै घरेलु उधोगका रुपमा दुना टपरी उधोग रोजगारीको राम्रो माध्यम बनेको छ । जसको बलियो उदाहरण बनेको छ कावासोती १६ डण्डामा रहेको ईन्द्रदेव दुना टपरी उद्योग । वि.सं २०५४ सालमा स्थापना भएको यस उद्योगले अहिले नवलपुर मात्रै होईन पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा समेत शाखा बिस्तार गरी सयौंलाई रोजगारी प्रदान गर्दै आएको छ ।

उद्योगका संचाल संजय गिरीको उद्योग संचालनका शुरुका समय भने निकै कठिन थियो । २०५४ सालमा दुई वटा मेशीन बाट दुना टपरी उद्योग संचालन गर्दा शुरुका बर्ष घाटामा गएर १० कठ्ठा जमिननै बेच्नु परेको उहा“ले सुनाउनु भयो । ‘पहिला घाटा भो जमिननै बेच ,अहिले सयौंले रोजगार पाएका छन्’ संचालक गिरीले भन्नुभयो ।

तर अहिलेको समय भने फेरीएको छ । उहा“ संग अहिले ५० वटा दुना टपरी उत्पादन गर्ने मेशिन छन् । अहिले मेशिन बिग्रियो भने आफै बनाउनु हुन्छ । डण्डा बाट शुरु भएको उहा“को उद्योगको अहिले कोइलापानी,हसौरा ,रिठ्ठेपानी र पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा पनि शाखा रहेको छ ।

डण्डा स्थित उद्योगबाट मात्रै दैनिक करिब १ लाख पिस दुना टपरी उत्पादन हुने गरेको छ । उद्योगमा प्रत्यक्ष रुपमा ६५ जनाले रोजगार प्राप्त गरेका छन् । यो संगै यस आसपासका क्षेत्रबाट उद्योगका लागि पात टिपेर ल्याउने , पातलाई खुटेर उद्योगमा बेच्न कम्तीमा ४ सय जनाले रोजगार पाएका छन् ।

उद्योगबाट उत्पादन भएका दुना टपरी ,काठमाण्डौ,पोखरा,भैरहवा ,विराटनगर,ईटहरी,बुटवल,नारायणगढ लगाएतका बजारमा बेच्ने गरेको संचालक गिरीले बताउनु भयो । उद्योगबाट उत्पादन हुने दुना टपरीको मुल्य ४५ पैसा देखी २ रुपैया ५० पैसा सम्म रहेको उहा“ले बताउनुभयो । बजारीकरणमा खासै समस्या नभएको उहा“ले बताउनु भयो । तर कतिपय स्थानिय सामुदायीक वनले पात टिप्नका लागि पनी अवरोध गर्ने गरेको उहा“ले सुनाउनु भयो । आफु उद्योग संचालन पूर्व सामान्य खेती किसानी गर्दै आएकोमा अहिले यति धेरैलाई रोजगार दिन पाउदा निक्कै खुःशी लागेको उहा“ले बताउनु भयो । नवलपुरमा कावासोती ,चोरमारा गरी बिभिन्न स्थानमा साना ठुला गरी करीब आधा दर्जन दुना टपरी उद्योग संचालनमा रहेका छन् ।

उद्योगमा महिलाहरु धेरै

उद्योगमा काम गर्ने महिलाको संख्या धेरै रहेको छ । उद्योगमा पुग्दा ३÷४ जना पुरुषले मेशीन चलाउदै थिए । यसको तुलनामा महिला धेरै थिए । महिलालाई बिहान बेलुका आफ्नो घरको काम सकेर दिउसको फुर्सदको समयमा काम गर्न सहज भएकाले उद्योगमा महिलाको संख्या बढि छ ।

कतिपय पुरुषले यस कामलाई सामान्य ठान्ने कारण पनि उद्योगमा महिलाको संख्या बढी भएको संचालन गिरीले बताउनु भयो । जंगलमा पात टिप्ने काम र खुट्ने काममा पनि महिलानै संक्रिय हुने कारण पनि उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गर्न महिला धेरै रहेका छन् । ‘पात टिपेर ल्याएपछी घरमा फुर्सतको समयमा गा“सेर ,उद्योगमा ल्याएर बेचे हुने ,त्यही भएर महिलालाई यो पेशा निकै सहज भएको छ ’उद्योगमा कार्यरत किल्मु महतोले भन्नुभयो ।

प्लास्टीक न्युनीकरणका धेरै बहस हुने गरेका छन् । बिभिन्न विवाहा ,जन्मोत्सव,भोज ,समारोहमा प्लस्टीकबाट निर्मित थाल,कचौरालाई दुना, टपरीले प्रतिस्थापन गर्न सके वातावरण स्वच्छ राख्न पनि मद्धत गर्दछ । यस्था खालका साना उद्योगलाई सरकारले प्रोत्साहन गर्न सके अन्य हजारौंलाई रोजगार सिर्जना हुने थियो ।