संविधान दिवसमा मानव धर्म सेवाको रक्तदान

चितवन, ३ असोज । संविधान दिवसको अवसर पारेर चितवनमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजिक सेवामा सक्रिय संस्था नेपाल मानव धर्म सेवा समिति नारायणगढको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


मानव धर्म सेवा समितिले हंस किर्ती आश्रम बेलटाडीमा (नारायणी कला मन्दिर पछाडि) सदगुरुदेव महाराज जिको ५८ औ जन्मोत्सवको अवसर समेत पारिएको कार्यक्रममा १२ जना महिला सहित ४९ जनाले रक्तदान गरेका थिए ।
धर्म सेवा समिति नारायणगढका प्रमुख रमा बाइजीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा भरतपुर महानगरपालिका वाड नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डितको प्रमुख आतिथि रहेका थिए ।