राप्तीले संविधान दिवस मनायो, कार्यान्वयनमा जोड

चितवन, ३ असोज । पुर्वी चितवनको राप्ती नगरपालिकाले आज नेपालको संविधान घोषण भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा एक भव्य कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
नगरपालिकाको प्राङगणमा आयोजना गरिएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, नगरपालिकाका कार्यपालिका सदस्य,वार्ड अध्यक्ष,पूर्व गाविस अध्यक्ष,विद्यालयका प्र.अ,क्यामसका अध्यक्ष लगाएतका व्यतिmहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगरउपप्रमुख इमान सिंह लामाले राज्य रूपान्तरणको प्रमुख दस्तावेज जारी भएको दिनलाई चीर स्मरणीय बनाउन र संविधान कार्यान्वयनलाई सबै क्षेत्रबाट सहयोग पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएकोे जानाकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै नकपा का नेता तथा नगरपालिकाका विज्ञ घनश्याम कडेलले संविधानमा जेजे कुरा समावेश गरिएको भए पनि त्यसको कार्यान्वयन नभए औचित्य नहुने बताउनु भयो । लाखौ नेपाली जनताले रगत बगाएर ल्याएको संविधानलाइ कार्यान्वयन गराउन सबै पक्ष तयार हुनुपर्न नेता कडेलले बताउनु भयो । नेपाली काङग्रेस राप्ती नगर समितिका अध्यक्ष नारायण उप्रेतीले संविधानलाइ कार्यान्वयन गराउन काङग्रेस सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख प्रभा बरालले विगतका भन्दा अहिलेको सविधान उत्कृष्ट रहेको बताउनु भयो । उहाँले जनताले तिरेको कर बाटनै नगर समृद्ध बनाउने बताउदै जनताको आदेश बिना कुनै पनि निर्णय नगर्ने बताउनुभयो । मेयर बरालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाले सञ्चालन गर्नुभएको थियो ।