न्यायको माग गर्दे गैडाकोट प्रहरी कार्यालयमा धर्ना

 

चितवन, २ असोज । सोमबार साझ भृकुटी चोकमा भएको सवारी दुर्घटनामा घाईते अमिसा राना मगरको परिवारले ईलाका प्रहरी कार्यालय गैडाकोटमा धर्ना दिएका छन् ।
प्रहरी प्रशासनले पिडितलाई न्याए दिलाउन प्रभावकारी भुमिका नखेलेको भन्दै मृतकका आफन्तले् नाराबाजि सहित कार्यालयमा धर्ना दिएका हुन् ।
सोमबार साझ ७ बजे पश्चिम नेपाल चल्ने ना ५ ख ४३१३ नम्वरको बसले ना ४१ प २६७५ नं को स्कुटरमा सवार गैडाकोटकी अमिसा राना मगरलाई ठक्कर दिएको थियो ।
बसको ठक्कर पछि घाईते मगरको उपचारका क्रममा मृत्यु भएको हो ।यातायात व्यवसायी पिडित सामु आएर छलफल गरी समस्या समाधानमा लाग्नु पर्नेमा भागेको उनीहरुको आरोप छ ।
प्रहरी कार्यालयमा नै उपस्थित भएको व्यवसायीलाई त्यहाबाट प्रहरीले भगाएको उनिहरुको आरोप छ ।


आफन्तहरुले पिडित लाई न्याए दिलाउन प्रशासनले प्रभावकारी भुमिका नखेलेको बताएका छन् । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोक बहादुर जिसिले २४ घन्टा भित्र बस सन्चालकलाई झिकाएर बार्तामा बसाउने सहमती गरी पिडितलाई न्याय दिलाउन आफु लागी परेको बताउनु भयो ।
कानुनले दिएको अधिकार बमोजिमको रकम पिडितलाई दिलाउन आफु तयार रहेको उहाको भनाई छ । त्यो भन्दा बाकि पिडितले मागेको रकम उहाहरु बसेर मिलाउनु पर्ने उहाले बताउनु भयो ।