बौद्धिक अपाङ्ग दिवसका अवसरमा विद्यालय पोशाक वितरण

चितवन, ०२ असोज । १८औँ बौद्धिक अपाङ्ग दिवसको अवसर पारेर सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । राष्ट्रिय सुस्त मनस्थिति कल्याणकारी संघ चितवनले सञ्चालन गरेको बालकुमारी सुस्त मनस्थिति कल्याण विद्यालय नारायणी नदी किनारका विद्यार्थीहरुलाई मंगलबार विद्यालय पोशाक वितरण गरिएको हो ।

लायन्स क्लब अफ नारायणगढ संगमचोक र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जिवनीले विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेका हुन् । कार्यक्रममा लायन्सक क्लब इन्टरनेशन ३२५ बिटु का पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । श्रेष्ठले लायन्सहरुले सेवा भाव राखेर आफूभन्दा तल्लो तहका व्यक्तिहरुलाई सहयोग गर्दै आएको बताए ।
लायन्स क्लब अफ नारायणगढ संगमचोकका अध्यक्ष दिपक अधिकारी तथा लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जिवनीकी अध्यक्ष सुनीता कर्माचार्यको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सुस्त मनस्थिति कल्याणकारी संघ चितवनका अध्यक्ष ईश्वर कुमार श्रेष्ठ, विद्यालयका प्रचार्य पूर्णकान्त कोइरालालगायतले मन्तव्य राखेका थिए ।