छुरी प्रहारबाट वनका अध्यक्ष गम्भिर घाईते

गोरखा २ असोज । गोरखामा छुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राकमा छुरी प्रहारबाट भूमे मण्डी सामुदायिक वनका अध्यक्ष गम्भिर घाइते भएका हुन्। स्थानीय रामचन्द्र गुरुङले लाप्राक गाउँबाट नमुना बस्ती हेर्न पुगेका वनका अध्यक्ष डिल बहादुर गुरुङलाई छुरी प्रहार गरेको गाउँपालिका प्रमुख सन्तबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय यमकुमारी गुरुङका अनुसार घाइते गुरुङको ढाडमा चोट लागेको छ । ‘डिलमान नमुना बस्ती हेर्न भनेर गएको गएका थिए ।

घाइते गुरुङको ढाडमा स्थानीय स्वास्थ्यसंस्थामा उपचार भैरहेको छ । सात वटा टाँका लगाइएको स्वास्थ्यचौकीले जनाएको छ ।

रक्सी पिएका रामचन्द्रलाई लाप्राक नमुना बस्ती निर्माणमा खटिएको नेपाली सेनाको निर्माण दलले नियन्त्रणमा लिएर क्याम्प भित्र राखेको छ । घाइते गुरुङलाई भने थप उपचारको लागि गोरखा सदरमुकाम ल्याउने तयारी गरिएको छ ।