एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्समा सवार ३ जना घाईते

 

आशिष उप्रेती,
चितवन, असोज ०२ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी चितवनको राप्ती नगरपालिका ०६ हर्दी, भण्डारामा हिजो राति ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्समा सवार ३ जना घाईते भएका छन् ।
पूर्वबाट पश्चिम् तर्फ जाँदै गरेको ना ४ ख ७६३८ नम्बरको ट्रकले पश्चिमबाट पुर्बतर्फ बिरामी छोडेर फर्कदै गरेको ना ३ ख ६३२८ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
घाईते हुनेहरुमा एम्बुलेन्स चालक हेटौंडा उपमहानगरपालिका १४ बस्ने राजु मोक्तान, सोही ठाँउका सरिता श्रेष्ठ र अर्का सोही ठाँउका प्रकाश पौडेलको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र एम्बुलेन्स अहिले इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।