निर्मला हत्या प्रकरण अनुसन्धान : एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो

काठमाडौं, २ असोज । बलात्कार पछि हत्या भएकी निर्मला पन्त प्रकरणको अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ। पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर लागेकी छन्।

१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन्।