विश्वकर्मा सेवा समिति चितवनले मनायो विश्वकर्मा दिवस

चितवन,१ असोज । चितवनमा पनि आज विश्वकर्मा बाबाको पूजा आराधना तथा विभिन्न कार्यक्रम गरि विश्वकर्मा दिवस मनाइएको छ ।
विश्वकर्मा सेवा समिति चितवनको आयोजनामा विश्वकर्मा मन्दिर परिषरबाट निकालिएको बृहद् ¥यालीले नरायणगढ बजारका विभिन्न ठाउँको बाजागाजा सहित परिक्रमा गरिएको विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष दिपेन्द्र रामुदामु(विपिन) ले जानकारी दिनुभयो ।

विश्वभरका मानिसहरुको कर्मममा हरेक औजारहरुको निर्माता कर्ता विश्वकर्मा बाबाको पुजा आराधाना तथा सवारी साधन,हतियार,फलामजन्य वस्तुको आदिको पुजाअर्चना गरी यो दिन मनाइएको हो । घरघरमा र पसलपसलमा आज विहानै सफाई गरी विधिपुर्वक पूजा अर्चना गरिएको छ ।

विश्वकर्मा सेवा समितिका संस्थापक अध्यक्ष शेरबहादुर पौडेल विक, पूर्व अध्यक्ष चित्रबहादुर खाती, सूनचादीँ व्यवसायी संघका अध्यक्ष जिवनज्योति सदाशंकर, उपाध्यक्ष टेकबहादुर विश्वकर्मा, सेवा समितिका सल्लाहकार भरत पोख्रेरल, दधिराम रामुदामु लगायतले जगतका गुरु विश्वकर्मा बाबाको पूजा दिन असोज १ देशभरि नै राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरेका थिए ।

जिवनयापनको विषयमा चाहिने हरेक चिजको निर्माणकर्ता विश्वकर्मा बाबाको आज पूजाको दिन यो एउटा पर्व हो र यसलाई पर्वको रुपमा मनाईरहन सबैलाई अध्यक्ष रामुदामुले आग्रह गरेका  गरेका थिए ।

कार्यक्रममा सूनचादीँ महिला समुहका अध्यक्ष रुपा बरालीले पनि आफ्नो भनाई विशेष रुपमा राखेकी थिईन् ।