कुचिकारको न्युन तलवले सरकारी कार्यलयको शौचालय सरसफाई नै रोकियो

बिबेक भण्डारी
नवलपुर ३१ भदौ । कुचिकारको न्युन तलबका कारण मालपोत कार्यलय कावासोतीको शौचालय सरसफाई रोकिएको छ । वर्दघाट सुस्ता पुर्व नवलपुरको कावासातीमा रहको मालपोत कार्यलयमा यस्तै हालत छ ।

मालपोत कार्यलयमा शौचालय त छ तर शौचालयमा जान सक्ने अवस्था भने छैन । सरकारी कार्यलय त्यहि माथि मालपोत कार्यलय जहा दैनिक हजारौँ ५ सय देखि ७ सय सेवा ग्राहिहरु सेवा लिन जाने गर्दछन । तर मालपोत कार्यलयमा भने शौचालय सरसफाईमा भने ध्यान जान नसकेको देखिएको । मालपोत कार्यलय कावासोतीका प्रमुख अशोक भट्राइका अनुसार शौचालय सरसफाई गर्ने कुचिकार राखिएको भए पनि न्युन पारिश्रमीकका कारण दैनिक सरसफाईमा त्यति ध्यान नदिएको बताए । उनका अनुसार सो कुचिकारलाई मासिक आठ हजारको दरले तलब बापत दिने खर्च न्युन भएको कारणले शौचालय सरसफाई नभएको आफै स्विकार गरे । प्रमुख भट्राइले अब आफुहरुले कार्यलयमा व्यवस्थापन गरि शौचालय सफाईमा ध्यान दिने बताए । उनले महिलाहरुले प्रयोग गर्ने सेनेट्यारी प्याड अव्यवस्थीत रुपमा शौचालयमा फाल्दा बढि फोहोर हुने गरेको बताए ।


मालपोत प्रमुख भट्राईले सरसफाईमा सरकारले बार्षिक ६ जार मात्र रकम छुट्याउने हुदा यतिले मात्र सरसफाईका लागि पर्याप्त नभएको बताए । शनिवार मात्र विश्व सरसफाई दिवसका अवसरमा कावासोतीमा नगरपालिकाले व्यापक सरसफाई गरेको भए पनि यहाका सरकारी कार्यलयको भौतिक सरसफाईमा कुनै ध्यान जान नसकेको देखिएको छ ।