रत्ननगरका कार्यकारी नवराज सबैलाई रुवाउदै विदाई भए (भिडियो)

 

चितवन, ३१ भदौ । रत्ननगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत नवराज ढुङ्गाना गृह मन्त्रालय सरुवा भएका छन् ।
नगरपालिकमा आईतबार एक कार्यक्रमको आयोजना गरेर गृह मन्त्रालयमा सरुवा भएका ढुङ्गानालाईलाई बिदाई गरिएको छ । नगरपालिका वडा तथा कार्यपालकिाको संयुक्त कार्यक्रमको आयोजना गरेर ढुङ्गानाको बिदार्ई गरिएको उप मेयर बिमला दवाडीले जानकारी दिईन् ।

रत्ननगरका प्रशासकिय अधिकृत नवराज ढुंगानाकाे विदाईमा यसरी राेईने उपमेयर विमला दुवाडी

Publiée par Sauraha online sur Samedi 15 septembre 2018

 

 

 

गृह मन्त्रालयमा सरुवा भएका ढुङ्गाना रत्ननगर नगरपालिकामा करिब ११ महिना प्रमुख प्रशासकिय अधिकृतको रुपमा सेवा गरेका थिए । ढुङ्गाना प्रमुख प्रशासकिय अधिकृत हुदाँ नगपालिकामा बिद्युतिय पदतीबाट पञ्जीकरणको ब्यबस्था, अनलईन सेवाबाट घर जग्गा तथा नक्सा पास, बिभिन्न ४० वटा सेवा सहतिको मोबाईल एपलिकेशनको शुभारम्भ गरेका थिए । अब रत्ननगर नगरपालिकामा प्रदेश नम्बर एक अनर्तगतको कृषि तथा सहकारी मन्त्रालयबाट बाबुलाल रेग्मी प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउने भएका छन ।