बस दुर्घटना हुँदा ४२ जना घाईते

आकाश तारा बयक
सुर्खेत, भदौं ३० । सुर्खेत नेपालगञ्ज सडकखण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटना हुँदा ४२ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्वरको र नेपालगञ्जबाट दैलेख आउँदै गरेको ना ४ ख ७०२४ नम्वरको बस शनिवार (आज) दिउँसो वीरेन्द्रनगरको ठूलो ब्यूरेनी मोडमा एक आपसमा ठोक्कीँदा उनीहरु घाइते भएका हुन् ।
घाइतेहरुको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनाको कारण भने नखुले पनि अनुसन्धान अघि बढाईएको छ ।