‘क’ बसन्तचोक टोल विकास संस्थाको साधारणसभा

चितवन, ३० भदौ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको ‘क’ बसन्त चोक टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा एवम् अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भरतपुरमा भएको साधारणसभाको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का सांसद कृष्ण भुर्तेलले कुनै पनि कामलाई ठूलो सानो भनेर छुट्याउन नहुने बताए । आफ्नो घर वरपरको फोहोर मैलालाई व्यक्ति आफैले उचित व्यवस्थापन गर्नुपर्ने भुर्तेलको भनाइ थियो । हरेक टोल विकास संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा समयमा नै गर्नुपर्ने र टोलको विकासको लागि नेतृत्वले काम गर्नुपर्ने भुर्तेलले बताए ।
साधारणसभाका क्रममा संस्थाका सचिव तेजेन्द्रप्रसाद पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष ओमप्रकाश गौतमको अध्यक्षतामा भएको थियो ।