गैडाकोटका मेयरले जनताको गुनासो रेडियो कार्यक्रम हेल्लो मेयर मार्फत समाधान गर्ने

नवलपुर, २९ भदौँ । गैंडाकोटमा रहेको रेडियो संकेत ९३ मेगाहर्जले रेडियो कार्यक्रम (हेल्लो मेयर) प्रशारणमा ल्याउने भएको छ । स्थानीय सरकार बनिसकेपछि पनि जनगुनासो आउने क्रम जारी रहेपछि नगरपालिकाहरुले गरेका हरेक गतिविधीहरुलाई जनता समक्ष पुर्याउन यो कार्यक्रमको सञ्चालन गर्न लागिएको रेडियोले जनाएको छ ।
कार्यक्रममा नवलपुर जिल्ला भित्र रहेका विभिन्न नगरपालिकाका नगर प्रमुखहरुसँग समेत स्थानीय समस्याहरुको बिषयमा छलफल गरिने बताइएको छ ।
जिल्लाका विभिन्न नगर क्षेत्रमा बसोबास गर्दैआएका नगरवासीले भोग्दै आएको समस्या र ती समस्याहरुको समाधानको मुख्य बाटो पेैलाउने यस कार्यक्रमको उद्देश्य रहेको रेडियो संकेतका स्टेशन म्यानेजर माधव सापकोटाले जानकारी दिनुभयो । कार्यक्रम हरेक महिनाको १ गते र १५ गते बिहान आठ बजेपछि प्रसारण हुने बताइएको छ ।
कार्यक्रमको पहिलो श्रृंखला यहि असोज १ गते बिहान ८ बजेपछि रेडियो संकेत ९३ मेगाहर्जबाट प्रसारण हुँदेैेछ ।