ग्रेट तीज उत्सवमा दर्शकको घुँईचो, डाक्टर भोजराजसहित ३ जना सम्मानित

चितवन, भदौ २८ । पूर्वी चितवनको खैरहनी ८ पर्सामा रहेको ग्रेट एफएम र भण्डारामा रहेको ग्रेट प्लस एफएमले विभिन्न क्षेत्रमा योगदान पुर्याएका तीन जनालाई सम्मान गरेको छ ।
महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर ग्रेट एफएमले आयोजना गरेको तीज उत्सव २०७५ का अवसरमा एक जना डाक्टर र दुई जना संचारकर्मीहरुलाई सम्मान गरेको हो ।
स्वास्थ्य क्षेत्र तर्फ भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारी, चलचित्र पत्रकार रवि अधिकारी र सोही एफएमका प्रवन्ध निर्देशक अनिल कुँवरलाई सम्मान गरिएको थियो ।


कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य एवंम् नागरीक सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल,ग्रेट एफएमका अध्यक्ष वालकृष्ण अर्याल र ग्रेट प्लस एफएमका अध्यक्ष अर्जुन लम्सालले उनीहरुलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरे ।
चेलीवेटीलाई माईतीको आँगनी वनाउदै मनोरञ्जन प्रदान गर्न एफएमले चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा कार्यक्रम गरेको थियो ।
सो अवसरमा चर्चित नायिका रेखा थापा, हास्यकलाकाहरु केदार घिमिरे,दिपिका प्रसाई लगायत लोकदोहोरी गायक गायिकासहित स्थानिय कलाकारहरुले हजारौ दर्शकको उपस्थितीमा वेजोड प्रस्तुती देखाए । कलाकार हेर्न र उनीहरुको प्रस्तुती प्रत्यक्ष रुपमा हेर्नका लागि टाढा टाढाबाट दर्शकहरुको उपस्थिती देखिन्थ्यो । ग्रेट एफएमले प्रत्येक वर्ष तीज उत्सव आयोजना गर्दै आएको छ ।