बलिउड अभिनेता शत्रुघन सिन्हा शाश्वतधाममा, भन्छन् सधै लोभ्याउछ नेपालले अनि आउछु पटक पटक

नवलपुर ,भाद्र २७। बलिउडका चर्चित अभिनेता तथा भारतिय राजनितिज्ञ शत्रुघन सिन्हाले दुम्कौली स्थित शास्वतधाममा पुजा अर्चना गरेका छन् । ४ दिनअघि काठमाण्डौ आएका सिन्हा बुधवार हेलिकप्टरमा आएर शास्वतधाममा करिब ४५ मिनेट पुजा गरेका हुन् । उनले बिधिपुर्वक महादेबको पुजा अर्चना गरेका थिए । चौधरी ग्रुपका निर्देशक बरुण चौधरी पनि सिन्हासंगै पुगेका थिए ।

शाश्वतधाम आफुले कल्पना गरेको भन्दा निकै भब्य कलात्मक शैलीले आफु प्रफुल्लित भएको र यहाको पुजा बिधिवाट आफु लोभिएको बताए । संसारका धेरै मन्दिर घुमेपनि एउटै मन्दिरमा हिन्दुधर्मका सबै देवताको बास रहेको आफुले पहिलो पटक भेटेको सुनाए । अर्को पटक चाडो यहा आउने उनले प्रतिबद्धता जनाए ।

पुजापछि उनले शास्वतधाम र त्यहा रहेको गल्फकोर्ट निरिक्षण गरेका थिए ।
उनिसंगै उनकी सहयोगि अन्जना पनि त्यहा आएकी थिइन् । नेपालका चर्चित उद्योगपति बिनोद चौधरीसंगको पारिवारिक कामको शिलशिलामा नेपाल आउदा शास्वतधामको दर्शन र पुजा गर्न यहा आएको सुनाए । उनले शास्वतधामको बारेमा आफनो जन्मथलो लखनउमा धेरै पटक सुनेका कारण यहा आउने इच्छा जागेको बताए ।

‘ नेपाल देवताहरुको भूमि हो । पशुपतिनाथको कृपाले म नेपाल आइरहन्छु र बिषेश पुजा गर्दछु ’ हिजो पशुपतिनाथको दर्शन गरेर प्रफुल्लीत थिए आज उनै पशुपतिनाथले यहा पठाए सिन्हाले भने ‘पहिलो पटक शास्वतधाममा पुजा गर्न पाउदा आफु भाग्यमानी भएको ’ उनले सुनाए ।

उनि मंगलवार नै बिषेश पुजाको लागि शास्वतधाममा आउने कार्यक्रम तय भएपनि खराब मौसमका कारण हेलिकप्टर उडन नसक्दा रद्ध भएको छ । ७२ वर्षिय सिन्हा यहा आउने भएपछि शाश्वतधाम( एकाम्बरेश्र महादेबको मन्दिर)मा उनले गर्ने पुजाकालागि बिषेश ब्यबस्था मिलाइएको थियो । उनको सुरक्षाकालागि भन्दै ठुलोसंख्यामा शशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बिहानैदेखि शास्वतधाम परिसरमा राखिएको थियो । ‘खामोस ’ भन्ने फिल्मी संवादका नामले चिनिने सिन्हालाई हेर्न सर्वसाधारणको ठुलो भिड लागेको थियो ।
शास्वतधाममा आइपुग्दा उनलाई बटुकहरुले संस्कृतिक गुरुकुलका बिद्यार्थीवाट फुलमाला र नेपाली ढाका टोपी पहिनाएर स्वागत गरिएको थियो । ‘मेरो देश बाहिर यस्तो सबै बिधिपुर्वक पुजा अर्चना भएको यो पहिलो पटक हो ’सिन्हाले भने ‘नेपाली मन्दिरमा ब्राम्हणहरुको पुजा बिधिवाट आफु सधै प्रभावित हुने गरेको’ उनले सुनाए ।

नेपाल भारत सिमाना भन्दा आपसि हित र धार्मिक सदभाव हजारौ वर्ष पुरानो भएका कारण आफु पटक पटक नेपालमा आउन रुचाउने गरेको सन्दर्भ उनले सुनाए । यहाको पहाडि हावापानी र वातावरणले सधै लोध्याउने गरेको उनले सुनाए । नेपालीहरुको परम्परागत खाना आफुलाई निकै मन पर्ने सन्दर्भ कोटयाउदै सिन्हाले काठमाण्डौको सुबिधा सम्पन्न होटलमा बसेपनि बिनोद चौधरीको घरको खाना मगाएर होटलमा खाने गरेको जानकारी दिए ।

४५ मिनेट मन्दिरमा पुजा गरेपछि पत्रकारसंग कुरा गर्दै भारतिय जनता पार्टीका नेता समेत रहेका सिन्हाले जनचाहाना अनुसार नेपालमा हुने परिवर्तनको आफुले सधै सर्मथन गर्दै आएको बताए । परिर्वतन सत्ताको लागि नभएर जनतालाई शुख दिन हुनुपर्ने आफनो मान्यता रहेको उनले चर्चा गरे ।

‘ यस्तो धार्मिक थलोमा आएर म राजनितिक कुरा गर्न रुचाउन्न ’उनले भने नेपाल देवतै देवताको देश हो । यस्ले मलाई सधै लोभ्याइ रहन्छ र पटक पटक नेपाल आउछु ।

यसपटक पनि कसैलाई थाहै नदिइ आफुले बिनोद चौधरीको परिवारसंग ५ दिन नेपालमा बिताएको सुनाउदै फेरी चाडै नेपाल आउने प्रतिबद्धता ब्यक्त गरे । सिन्हाले बुधवार नै भारत फर्किने जानकारी दिए । बिनोद चौधरीका कान्छा छोरा बरुण चौधरी उनिसंगै आएका थिए । सिन्हाले आफनो बिनोद चौधरीसंगको पारिवारिक कामकालागि नेपाल आएकाले राजनैतिक भेटघाट तिर मन नगएको पनि सुनाए ।