मेयर रेनुको सफलतामा : काग्रेसलाई सहमति ल्याउदै बनाउने भईन् अन्तर्राष्ट्रिय स्तरको सिटी हल

चितवन, २७ भदौँ । चितवनको भरतपुर बजार क्षेत्रलाई केन्द्र मानेर नै अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन सबै दललाई सहमति गराउन मेयर रेनु दाहाल सफल भएकी छिन् ।
विगत लामो समयदेखि भरतपुरलाई केन्द्र मानेर क्यान्सर अस्पतालको जग्गामा सिटि हल बनाउने कार्यमा नेपाली काग्रेसको अवरोधका कारण रोकिए पनि फेरि नेपाली काग्रेससहितको शिर्ष दलका नेताहरुलाई सहमति गराउन मेयर रेनु सफल भएकी हुन् ।
भरतपुरलाई नै केन्द्र मानेर महानगरको वडा नम्बर १० मा पर्ने जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउन काग्रेस जिल्ला सभापति जीत नारायण श्रेष्ठ समेतले सहमति जनाएका छन् । उनले आफुले सामुहिक रुपमा सहमति जनाएको बताउदै फेसबुक पेजमा पोष्ट समेत गरेका छन् ।
यो सहमतिसगैँ मेयर रेनुले महानगरलाई समृद्धि बनाउने योजना समेत तीव्र गतिमा अगाडी बढ्ने भएको छ ।
‘सिटी हलका सम्बन्धमा महानगरमा केहि असहमति आएको थियो उनले भनिन् तर अहिले भने सबै दलका शिर्ष प्रतिनिधिहरु कार्यालय परिसरमा नै सहमति गरि गेष्ट हाउस चौरमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी बनाउने लागेका छौँ ।’
महानगरलाई समृद्ध बनाउने अभियानमा आफु जहिले पनि सहकार्य सहमतिको पक्षमा अडिक रहेको बताउदै समृद्ध महानगर बनाउन सबै सहकार्य अपरिहार्य रहेको बताईन् ।
नेपाली कांग्रेस, नेकपा, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समितिको आज भएको छलफलले महानगरको सिटी हल गेष्ट हाउस चौरमै बनाउने सहमति भएको हो । यसअघि क्यान्सर अस्पतालमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले काग्रेससहितका केहि राजनीतिक दलहरुको विरोधका कारण स्थगित गरेको थियो ।
‘पाँचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउँछ’ महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘सिटी हलको लागि ५० करोडको बजेट निकासा भइसकेको छ ।’
महानगरले बनाउन लागेको सिटी हल देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । झन्डै ५ बिघामा सिटी हल बन्ने भएको छ । भरतपुर १० मा रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउन राजनीतिक दलहरुले समर्थन जनाएका छन् । भरतपुर महानगरको सिटी हल बन्ने विषयमा यसअघि भएको विवाद अब सुल्झेको छ । अन्ततः भरतपुर महानगरले गेष्ठ हाउस चौरमा भव्य सिटी हल बनाउने प्रक्रिया अघि बढाउने भएको छ ।
गेष्ट हाउस चौरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । ‘गेष्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउँछौँ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने ।
उनका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । उनले भने, ‘साढे ४ विघा जग्गा छ, अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्छ ।’