नेपाललाई १६२ रनको चुनौती, ८ मेडिन ओभर

काठमाडौं, भदौ २७ । भारतीय एनसीए यू–१९ टोलीले नेपाली यु–१९ लाई १६२ रनको चुनौति दिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीआई) को निमन्त्रणामा नेपाली टोली भारतको एकना रंगशाला लखनऊमा टस  जितेर पहिले बलिङ गरेकोमा ४९ ओभरमा सबै विकेट झारेर १६१ रन दिएको हो।  भारतका २ खेलाडी रन आउट भएका थिए।

भारतको व्याटिङमा नेपालका पाँच खेलाडीले बलिङ गरेकोमा एक खेलाडी बाहेक सबैले विकेट झार्न सफल भए।  नेपालका लागि कमलसिंह ऐरीले तीन विकेट र पवन सराफले दुई विकेट लिएका छन्।

खेलमा नेपालले ८ मेडिन ओभर फाल्न सफल भएको थियो। सबैभन्दा बढी सागर ढकालले १० ओभर बलिङ गर्दा ४ मेडिन ओभर फाल्दै एक विकेट लिएर २४ दिन दिए। बलिङ गरेका पाँच खेलाडी मध्ये एक ओभर मात्रै बलिङ गरेका भीम सार्की बाहेक सबै खेलाडीले विकेट लिएका छन्।  भारतका लागि एक खेलाडीले अर्धशतक पूरा गरेपनि बाहेककाले सिंगल २० रन समेत बटुल्न सकेनन्।

आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले अहिले भारतको यू–१९ बीसँग खेलिरहेको छ। चार\चार टिम सहभागी हुने खेलमा सबैले एकअर्काविरुद्ध खेल्नेछन्। भारतको यू–१९ ए र बी टिमसहित नेपाल र अफगानिस्तानमा यू–१९ टिम सहभागी छन्।

दोस्रो खेल शुक्रबार भारतको यु–१९ ए टोलीसँग खेल्ने छ भने असोज ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहमद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन्। त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन्।