नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढि ठाउमा पहिरो, सडक खुलाउन दिनभर लाग्ने

प्रकाश सिग्देल
चितवन, २६ भदौँ । नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढि ठाउमा पहिरो जादा सवारी आगमन अवरुद्ध भएको छ ।
उक्त सडक खण्डको कालिखोला, ४ किलो डाँडा र जलबिरेमा पहिरो जाँदा मध्यरात करिब १ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कालीखोला देखी घुमाउने सम्मको सडक खण्डमा ठुला ठुला पहिरो गएको र त्यो पहिरो दिनभरीमा पनि हटाउने सम्भावना कम रहेको जिल्ला टफिक प्रहरी कार्यालय चितवनका सई कृष्ण ठकुरीले बताउनु भयो ।
दिनभरी पनि बाटो खुल्ने सम्भावना नभएपछि अवारी साधनलाई विकल्प प्रयोग गर्न आग्रह गरेको र सडकमा रोकिएका सवारी समेत बाहिर निकाल्ने काम भईरहेको उहाले बताउनु भया्े ।
पहिरो हटाउने काम भईरहेको बताउदै उहाले दिनभरी सडक सञ्चालनमा नआउने जानकारी दिनु भयो । भन यात्रुहरु समेत अलपत्र परेका छन् ।

वर्षा निरन्तर भैरहेकोले पहिरो फाल्न जोखिम हुँदा अझै पहिरो हटाउन कार्य सूचारु हुन नसकेको पनि प्रहरीले बताएको छ ।