शास्वतधाम भारतीय चर्चीत अभिनेता शत्रुघन सिन्हा आउदै

 

नवलपरासी, भदौ २५  । भारतिय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलवार (भोली) पुजाआजाकालागि आउने भएका छन् ।
७२ वर्षिय सिन्हा यहा आउने भएपछि शाश्वतधाममा उनले गर्ने पुजाका लागि विशेष व्यवस्था मिलाइएको छ ।
चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलका अनुसार विगत तीनदिनदेखि काठमाण्डौमा रहेका सिन्हा मंगलवार दिउसो ३ बजे हेलिकप्टरवाट शास्वतधाम मन्दिरमा आउने भएकाले सबै तयारी पुरा भएको छ ।
चर्चित फिल्मी अभिनेता तथा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सिन्हा मन्दिरमा आउने जानकारीले त्यहा अघिल्लैदिनदेखि सर्वसाधारणको चासो र भिडभाड बढदै गएको छ ।
चौधरी फाण्डेशनलले उनको सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरीमा आग्रह गरेको छ । उनले दुम्कौली स्थित शास्वतधाम मन्दिरमा एक घण्टा विशेष पुजा गर्ने भएका छन् । नेपाल आएको मौका पारेर उनले शाश्वतधाम दर्शनको इच्छा राखेकाले त्यसै अनुसार व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए ।

उद्योगपति बिनोद चौधरीको उद्योग गरेको दुम्कौली स्थित चौधरी ग्रुप इण्डिस्टियल पार्क हातामा दक्षिण भारतीय शैलीको एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ ।
त्यसलाई यहा शाश्वतधामका नामले प्रख्यात रहेको छ ।मन्दिरका पण्डितहरुले उनलाई विशेष पुजा गराउने तयारी गरेका छन् । हिन्दु सबै देवी देवताको एउटै मन्दिरमा पूजा गर्न सकिने शाश्वतधामको विषेशता हो ।
पूजा सकेर उनी चितवनको मेघौलीमा रहेको होटल मेघौली सेराईमा मंगलवार रात बिताउने छन् । भारतको पटनामा जन्मिएका शत्रुघन सिन्हा पछिल्लो समय सत्तारुढ भारतीय जनता पार्टीका नेता समेत हुन् । उनी बिजेपीबाट २ पटक निर्वाचित सांसद र एक पटक स्वास्थ्य मन्त्री भैसकेका व्यक्ति हुन् ।
उनले भारतीइ चर्चित अभिनेता देवानन्दले निमार्ण गरेको प्रेम पुजारी नामक फिलिममा प्रहरी निरिक्षकको भूमिकामा देखिएर पहिलोपटक फिल्मी क्षेत्रमा प्रवेश गरेका हुन् ।
उनकी छोरी सोनाक्षी सिन्हापनि भारतीय फिल्ममा अभिनेत्री हुन् । उनकी श्रीमती र लभ, कुश नामका २ छोरा छन् ।शत्रुघन सिन्हाको ‘खामोश’ भन्ने फिल्मी डायलग चर्चित छ ।
उद्योगपति बिनोद चौधरीका छोरा बरुण चौधरीको सम्पर्कका आधारमा पहिलो पटक शाश्वत धाम आउने भएका हुन् । हिन्दु धर्म मान्ने सिन्हाले यसअघि पटक पटक नेपाल भ्रमण गरिसकेका छन् । बुधवार उनी काठमाण्डौ फर्किने कार्यक्रम रहेको चौधरी ग्रुपले जानकारी दिएको छ ।