कहाँ के-के घटना घटे, अाज भदाै २५ गते ?

 

             जापान पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ 
काठमाडौं, भदौ २५  । जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ ।सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर ७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८ र ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

             अनुसन्धान पश्चात ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन् र लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त सविन प्रकाश दनुवार उक्त मिति देखिनै फरार रहेका थिए ।
मृत अवस्थामा फेला  
काठमाडौं,
बारा, कास्की र रुपन्देहीमा गरी सोमबार ३ जना मृत अवस्थामा फेला परेका छन् । उनीहरूमध्ये बारा निजगढ नगरपालिका ३ गुम्बा टोल बस्ने ७३ वर्षीय नारायण नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।  मृत फेला पर्नेमा कास्की पोखरा लेखनाथ महानगरपालिका(२२ फुस्रेखोला चिसापानी बस्ने ६० वर्षीया रेणुका वि।क।रहेकी छिन् ।

उनलाई सोमबार उनकै घरमा मृत अवस्थामा फेला पारिएको हो ।
रुपन्देही सुद्धोधन गाउँपालिका ७ बोहरवास्थित दानव नदीको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी १८ वर्षीया महिला समेत मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 सवारी दुर्घटनामा मृत्यु 
काठमाडौं,
सल्यान र तनुहँमा सोमबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । सल्यान शारदा नगरपालिका १३ सियानीकालस्थित सडकमा लु।१ ख ५६६४ नम्बरको जिपको ब्रेक फेल भई दुर्घटना हुँदा जीपमा सवार सल्यान बाघचौर नगरपालिका१० बस्ने ५५ वर्षीया हुकुनी बिकको घटनास्थलमै र सोही ठाउँ बस्ने ६५ वर्षीय वलबहादुर कामीको उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएका हो । दुर्घटनामा जीप चालक समेत सामान्य घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा लगिएको छ ।

             तनहुँ भानु नगरपालिका३ तुरतुरेस्थित ग१ ख ४४४५ नम्बरको बस अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बसका सहचालक सोही नगरपालिका१ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञानबहादुर तामाङ घाइते भएकोले उपचारको लागि स्थानीय पोली क्लिनीकमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना सामान्य घाइते भएका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

             विभिन्न धनमाल चोरी 
मोरङ,
रतुवामाई नगरपालिका७ नयाँबजारस्थित रमेश बानियाँको घरमा रहेको किराना तथा होलसेल पसलको भेन्टिलेसन फोडेर गएराति नगद ५ लाख ५० हजार रुपैयाँ,४ थान मोबाईल, २० हजार रुपैयाँको एनसेलको रिचार्ज कार्ड र ३ लाख ८० हजारको दस्तखत भएको एनआईसी एसिया बैंकको २ वटा चेक चोरी भएको छ । यसैगरी सोही नगरपालिका६ काजुपाडा चोकस्थित काजीबहादुर बस्नेतको घरमा रहेको कोल्ड स्टोर तथा मदिरा पसलको सटरको ताला फोडी नगद २ लाख २५ हजार रुपैयाँ, सुनको २ थान औंठी र ब्रासलेट १ थान सहित ४ तोला सुन गएराति चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

              आगलागीबाट धनमाल क्षति 
ताप्लेजुङ,
फोक्तालुङ गाउँपालिका(३ बस्ने दलबहादुर वि।क।को कच्ची घरमा सोमबार बिद्युत सर्ट भई आगलागी हुँदा नगद १ लाख, ३ तोला सुनका गहना, ८ तोला चाँदीका गहना सहित करीव १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।